फ्लाईदुबई घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी
काठमाडौं । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा सह–पाइलटले कप्तानमाथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा इरानको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । तर इरानको संलग्नता अहिलेसम्म पुष्टि भएको छैन र घटनाको अनुसन्धान जारी छ ।
उडानका क्रममा कप्तानमाथि आक्रमण भएपछि विमान तीव्र रूपमा तल झरेको थियो । यात्रुहरूले सह–पाइलटलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गराइएको थियो । भारतीय कप्तान स्मित मच्छरको अवस्था स्थिर रहेको जनाइएको छ ।
यूएईका अधिकारीहरूले घटनामा आतङ्कवादी गतिविधि, पूर्वयोजना वा कुनै बाह्य निर्देशन थियो कि थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । फ्लाईदुबईले पनि अनुसन्धान पूरा नभएसम्म घटनाको कारणबारे अनुमान नगर्न आग्रह गरेको छ ।
घटनापछि फ्लाईदुबईले तेल अभिभका उडान स्थगित गरेको छ । यसबीच ट्रम्पको इरानसम्बन्धी चेतावनीले विमान सुरक्षाको घटनालाई मध्यपूर्वको थप संवेदनशील सुरक्षा र राजनीतिक परिस्थितिसँग जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?