पार्टीले कारबाही गरेपछि एमालेका दुई जनप्रतिनिधिले दिए राजीनामा
काठमाडौं । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् । आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताएकी छन् ।
यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडा अध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन् । प्रधानलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?