काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यतर्फका विभिन्न चार पदमा कर्मचारी माग गरेको छ । नगरपालिकाले मातातीर्थ आयुर्वेद तथा चिकित्सा अस्पताल÷स्वास्थ्यसम्बन्धी सेवाका लागि करारमा कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको हो।
नगरपालिकाको सूचनाअनुसार आयुर्वेद चिकित्सक अधिकृत आठौँ तह, ल्याब टेक्निसियन सहायक पाँचौँ तह, वैद्य सहायक चौथो तह र पुरुष अभ्यङ्गकर्ता श्रेणीविहीन पदमा एक–एक जना कर्मचारी माग गरिएको छ ।
आयुर्वेद चिकित्सकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट BAMS उत्तीर्ण हुनुपर्नेछ । ल्याब टेक्निसियनका लागि CMLT कोर्स, वैद्य पदका लागि एसएलसी उत्तीर्ण गरी एक वर्षको सहायक आयुर्वेद कार्यकर्ता कोर्स पूरा गरेको तथा पुरुष अभ्यङ्गकर्ताका लागि कक्षा ८ उत्तीर्ण गरी तीन महिनाको अभ्यङ्गकर्ता तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ । सम्बन्धित पदका लागि आवश्यक दर्ता प्रमाणपत्र तथा अनुभवसम्बन्धी कागजातसमेत पेश गर्नुपर्नेछ ।

आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र चन्द्रागिरि नगरपालिका कार्यालय, बलम्बु, काठमाडौंमा दरखास्त दिन सक्नेछन् । पदअनुसार परीक्षा दस्तुर १ हजार, ५००, रु. ४०० र ३०० रुपैयाँ तोकिएको छ । परीक्षा लिखित तथा अन्तर्वार्तामार्फत हुने नगरपालिकाले जनाएको छ । उम्मेदवारको उमेर हद पदअनुसार ४० वर्षसम्म र केही पदमा ४५ वर्षसम्म तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?