प्रि–स्कुल जिम्नास्टिक प्रतियोगितामा चन्द्रागिरिको त्रैविद्य शिक्षा सदन उत्कृष्ट
काठमाडौं । नेपाल खेलकुद महासंघ, काठमाडौं जिल्ला समितिको आयोजनामा भएको प्रि–स्कुल जिम्नास्टिक प्रतियोगिता सम्पन्न भएको छ ।
असोज १७ र १८ गते काठमाडौंको खुसीबुस्थित मल्टिपर्पस मार्सल आट्र्स हलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ स्थित त्रैविद्य शिक्षा सदनका विद्यार्थीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सहभागी त्रैविद्य शिक्षा सदनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यालय तहबाटै बालबालिकालाई खेलकुदप्रति आकर्षित गराउँदै उनीहरूको शारीरिक क्षमता, अनुशासन र आत्मविश्वास विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

सानै उमेरदेखि जिम्नास्टिकजस्ता खेलमा बालबालिकाको सहभागिता बढाउँदा उनीहरूमा नियमित अभ्यास, शारीरिक सन्तुलन र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
प्रतियोगिताले बालबालिकामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै विद्यालय तहमा लुकेका प्रतिभा पहिचान गर्ने अवसरसमेत दिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?