चन्द्रागिरिमा कांग्रेस नगर सभापतिको दौड पेचिलो बन्दै, चार प्रतिष्पर्धीको नाम चर्चामा, कसले मार्ला बाजी ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगरपालिकामा वडा तहको अधिवेशनसँगै अब सबैको ध्यान नगर नेतृत्वतर्फ केन्द्रित भएको छ । नगर सभापतिका लागि विभिन्न नेताहरूको नाम चर्चामा आउन थालेपछि चन्द्रागिरि कांग्रेसको आन्तरिक राजनीति थप रोचक बनेको छ ।
नगर सभापतिको दौडमा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, नगर उपसभापति राजेन्द्र विक्रम वानिया, अधिवक्ता पुरुषोत्तम उदास र इन्जिनियर रमेश सुवेदीको नाम चर्चामा रहेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ४ का अध्यक्षसमेत रहेका खड्गी हाल नगर प्रवक्ताको भूमिकामा छन् ।
यता, अधिवक्ता पुरुषोत्तम उदास नगर सभापतिमा प्रतिष्पर्धाको चर्चामा छन् । उदासको संगठनभित्रको सम्बन्ध, वडा प्रतिनिधिसँगको पहुँच र आफ्नो पक्षमा प्रतिनिधि जुटाउने क्षमताले अन्तिम समीकरण प्रभाव पार्न सक्ने कांग्रेस कार्यकर्ताबीच चर्चा छ । यस्तै, उपसभापति बानियाँ पनि पार्टी भित्र प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । त्यस्तै, इन्जिनियर पृष्ठभूमिका सुवेदी पनि एक आकांक्षी पनि प्रतिस्पर्धामा आउने चर्चाले चुनावी समीकरण अझ बहुकोणीय बन्न सक्ने देखिन्छ ।
चन्द्रागिरिमा नगर सभापतिको चुनावको निर्णायक पक्ष व्यक्तिगत लोकप्रियताभन्दा पनि वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरूको समर्थन, समूहगत समीकरण र अन्तिम समयमा बन्ने सहमति हुने देखिन्छ । नगरका १५ वटै वडामा अधिवेश सम्पन्न भइसकेका छन् । वडा तहमा सहमति र निर्वाचनका माध्यमबाट नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन भएकाले नगर नेतृत्वका आकांक्षीहरूको वास्तविक शक्ति पनि अब क्रमशः स्पष्ट हुँदै जानेछ । चन्द्रागिरिको कांग्रेस राजनीतिमा अबको मुख्य प्रश्न एउटै छ—नगर सभापतिको कुर्सीमा पुग्न आकांक्षीमध्ये कसले आफ्नो संगठनात्मक समीकरण सबैभन्दा मजबुत बनाउन सक्छ ?
नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्यसमितिको १५औँ नगर अधिवेशन असोज ७ गते (भोलि) बुधबार चेकपोस्टस्थित ग्रिनल्याण्ड ब्याङ्क्वेटमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?