काठमाडौं । कवि, साहित्यकार तथा संस्कृतिअध्येता भीमनारायण श्रेष्ठको नयाँ कृति ‘नेवाः लोकसंस्कृति’ बजारमा आउने भएको छ । चन्द्रागिरि क्षेत्रको नेवाः समुदायको लोकजीवन, संस्कृति, परम्परा र सामाजिक अभ्यासलाई केन्द्रमा राखेर पुस्तक तयार पारिएको छ ।
श्रेष्ठले कृतिमा पुस्तौँदेखि चलिआएका जात्रा, पर्व, संस्कार, सामाजिक अभ्यास तथा स्थानीय मौलिकताका विविध पक्षलाई समेटिएको छ । काठमाडौं उपत्यकाको सांस्कृतिक जीवनमा नेवाः समुदायका जात्रा, पर्व, संस्कार र परम्पराको महत्वपूर्ण स्थान रहँदै आएको छ । स्थानीय तहमा पुस्तान्तरण हुँदै आएका कतिपय मौखिक परम्परा र सांस्कृतिक अभ्यास लिखित रूपमा अभिलेख हुन नसकिरहँदा ‘नेवाः लोकसंस्कृति’ मार्फत चन्द्रागिरि क्षेत्रको सांस्कृतिक जीवनलाई दस्तावेजका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
साहित्य, संस्कृति, शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठको यसअघि ‘भावलहर’ कवितासंग्रह प्रकाशित भइसकेको छ । उहाँका नेपालभाषालगायत विभिन्न नियात्रात्मक कृतिसमेत प्रकाशोन्मुख छन् ।
श्रेष्ठको ‘नेवाः लोकसंस्कृति’ आगामी असोज १८ गते विमोचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?