साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल संचालन, चिनी प्रतिकेजी १ सय रुपैयाँ
काठमाडौं । चाडपर्वको मुखमा उपभोक्तालाई राहत दिने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसनले पोखरामा सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । पृथ्वीचोकस्थित गण्डकी प्रदेश कार्यालय परिसरमा असोज १ गतेदेखि संचालनमा आएको पसलमा दैनिक उपभोग्य वस्तु सहुलियत दरमा बिक्री भइरहेको छ ।
सुपथ पसलमा चिनी प्रतिकेजी १ सय रुपैयाँमा उपलब्ध छ । एक उपभोक्ताले बढीमा ६ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था छ । बजारमा चिनीको मूल्य तुलनात्मक रूपमा महँगो रहेका बेला सहुलियत मूल्यमा बिक्री हुन थालेपछि उपभोक्ताको आकर्षण बढेको छ ।
दशैं, तिहार र छठलाई लक्षित गरी संचालन गरिएको पसल कात्तिक मसान्तसम्म चल्नेछ । पसलमा चिनी, नुन, तेल, चामललगायत दैनिक आवश्यकताका खाद्य सामग्री उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?