घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला ३ लाख १ हजारमा कारोबार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २ सय ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला एक सय पाँच रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?