कुकुर तिहारको रिल प्रतियोगिता, विजेतालाई एक लाख रुपैयाँ पुरस्कार
काठमाडौं । नेपालको मौलिक सांस्कृतिक परम्परा तथा मानव र कुकुरबीचको आत्मीय सम्बन्धलाई विश्वसामु चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले ‘कुकुर तिहार रिल प्रतियोगिता २०२६’ आयोजना गर्ने भएको छ ।
कुकुर तिहारको अवसरमा आयोजना गरिएको प्रतियोगितामार्फत नेपाली संस्कृति, परम्परा, पशुप्रतिको सम्मान र मानव–कुकुरबीचको भावनात्मक सम्बन्धलाई सिर्जनात्मक भिडियो (रिल) मार्फत अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न खोजिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले कुकुर तिहारको भावना झल्किने मौलिक रिल तयार गर्नुपर्नेछ । तयार गरिएको भिडियो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्दा ३ल्भउबँिभकतष्खब िर ३प्गपगचत्ष्जबच ह्यासट्याग प्रयोग गर्नुका साथै नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।
त्यसैगरी, भिडियो हेर्न तथा डाउनलोड गर्न मिल्ने न्ययनभि म्चष्खभ लिंकसहित उजयतयलभउब२िलतद।यचन।लउ मा इमेल पठाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुने भिडियोमा अंग्रेजी सबटाइटल वा भ्वाइसओभर अनिवार्य गरिएको छ ।
नेपालको मौलिक पर्व र संस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने अवसरका रूपमा रहेको प्रतियोगितामा सहभागी हुन इच्छुकले सन् २०२६ नोभेम्बर २१ भित्र आफ्नो सिर्जना पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डले यस प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्व र पशुप्रतिको माया तथा सम्मानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने अपेक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?