रिट लिएर सर्वोच्च पुगे निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की
काठमाडौं । आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा वकिलहरू पुगेका हुन् ।
सरकारले हिजो (बुधबार) मात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनको रिट दर्ता हुने वा नहुने भन्नेबारे टुंगो हुनेछ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदबाट हटाएर उक्त पदमा एआइजी मनोज कुमार केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त पदमा पदस्थापन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?