काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने २ सय ६५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९ सय र चाँदीको मूल्य ३ हजार ९ सय २० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ६ सय र चाँदीको मूल्य ३ हजार ६ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?