काठमाडौं । चितवनमा दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर फेला परेको छ । राप्ती नगरपालिका–१ स्थित दमस्थानी मध्यवर्ती सामुदायिक वनमा करिब छ महिनाअघि मरेको गैँडाको अस्थिपञ्जर भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले गैँडाको खाग र खुरसमेत सुरक्षित अवस्थामा फेला परेको बताएका छन् । खाग र खुर सुरक्षित रहनुले पनि गैँडाको मृत्यु कालगतिले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा ६९४ वयस्क गैँडा रहेका छन् । देशभर गैँडाको संख्या ७५२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?