काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ स्थित सिर्जना चोक नजिकै राँगोको आक्रमणबाट एक स्थानीय घाइते भएका छन् । बलम्बुस्थित बधशालाबाट भागेको राँगोले आक्रमण गर्दा करिब ६० देखि ६५ वर्ष उमेरका एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
बधशालाबाट दुई वटा राँगो भागेको र तीमध्ये एउटा राँगोलाई नियन्त्रणमा लिईसके पनि स्थानीयलाई आक्रमण गर्ने राँगो अझै नभेटिएकोले खोजीमा प्रहरी र स्थानीयवासी लागि परेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनापछि बधशाला संचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
चन्द्रागिरिमा राँगो नियन्त्रणबाट बाहिरिएर सर्वसाधारणमाथि आक्रमण गर्ने घटना यो पहिलो पटक भने होइन । यसअघि राँगोको आक्रमणबाट चन्द्रागिरिमा वडा सचिवसहित दुई जनाको मृत्यु भइसकेको छ ।
पटक–पटक यस्ता घटना दोहोरिंदा पनि सम्बन्धित निकाय गम्भीर नबन्दा सर्वसाधारणको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?