त्रैविद्य शिक्षा सदनमा तिहारको रौनक, बालबालिकाले देखाए देउसी–भैलोमार्फत संस्कार र संस्कृति
काठमाडौं । चन्द्रागिरि नगरपालिका–३ स्थित त्रैविद्य शिक्षा सदनले बालबालिकालाई नेपाली मौलिक संस्कृति र तिहारको महत्वबारे जानकारी गराउने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ । विद्यालयले साना बालबालिकालाई पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक विशेषता बुझाउँदै तिहारका विभिन्न गतिविधि समेटेर कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा पाँच दिनसम्म मनाइने तिहारका प्रमुख गतिविधिहरू प्रस्तुत गरिएको थियो । काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, म्हः पूजा, भाइटीका तथा छठ पर्वसँग सम्बन्धित गतिविधिमार्फत बालबालिकालाई नेपाली संस्कृति र परम्परासँग परिचित गराइएको थियो ।
विद्यालयका उपप्रधानाध्यापक सुर्जना ढकालले बालबालिकामा संस्कार, संस्कृति र परम्पराको ज्ञान विकास गराउने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले बालबालिकालाई आफ्नो संस्कृति बुझ्न, सिक्न र व्यवहारमा उतार्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
देउसी–भैलो कार्यक्रममा अन्य विद्यालयका विद्यार्थीहरुको पनि प्रस्तुति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?