चन्द्रागिरि–४ थानकोटस्थित जितवन बौद्ध विहारमा कथिन चीवरदान हुँदै
काठमाडौं । चन्द्रागिरि नगरपालिका–८, थानकोटस्थित जितवन बौद्ध विहारमा कथिन चीवरदान कार्यक्रम आयोजना हुने भएको छ ।
विहारमा भिक्षु अशोक महास्थविर र भिक्षु सोमरत्नको तीन महिनासम्मको विनयानुकूल वर्षावास सम्पन्न भएको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमअनुसार २०८३ कात्तिक १७ गते मंगलबार साँझ ५ः३० बजेदेखि परित्राण पाठ हुनेछ भने कात्तिक १८ गते बुधबार कथिन चीवरदान पुण्यकार्य सञ्चालन गरिनेछ ।
कात्तिक १८ गते बिहान ६ः३० बजे कथिन चीवर परिक्रमाबाट सुरु हुने कार्यक्रम बिहान ७ः३० बजे भजन तथा जलपान, ८ः३० बजे बुद्धपूजा तथा धर्मदेशना र ९ः४५ बजे अष्ट परिष्कार तथा कथिन चीवर दानका साथ अघि बढ्नेछ । त्यसैगरी बिहान १० बजे दान प्रदान, ११ बजे भिक्षु संघ तथा अनगारिका संघलाई भोजनदान र दिउँसो १२ बजे सम्पूर्ण उपासक–उपासिकाहरूलाई भोजनदान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा उपस्थित भई पुण्य सञ्चय गर्न सम्पूर्ण श्रद्धालु, धर्मानुरागी तथा उपासकहरूलाई आयोजकले निमन्त्रणा गरेको छ ।
कार्यक्रम जितवन बौद्ध विहार, चन्द्रागिरि नगरपालिका–४, थानकोटमा सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?