मौन आवाजलाई चन्द्रागिरि भेगका नाक नखुम्चाउँने लेखक कवि साहित्यकारले एक रत्नको रुपमा नजिकबाट चिनेका छन् । सामाजिक सञ्जालको ल्लेटमा धारवाहिक आफ्नो कविता पस्केर साहित्यिक मनहरुलाई चखाउँदै आएका कविको मिति २०७१ मा एक कविता सङ्ग्रह प्रकाशन भएको थियो । मिति २०७२ को भूकम्प जानु अगाडि मौन आवाजको “यो शताब्दीमा म पनि छु” भन्ने कविता सङ्ग्रहले साहित्यिक दुनियामा एक हलचल ल्याएको थियो । ७१ वटा कविता समेटिएको “बेनाम नदी बग्ने निर्जन जङ्गल” नामक कविता सङ्ग्रह उहाँको दोस्रो कृति हो । जसरी कविताले सार्वभौम उचाइको रुप लिएको छ त्यस्तै मौन आवाज महाभारत पर्वत श्रृखलामा लम्वेतान भएको चन्द्रागिरिको पहाड झै अग्ला भएका छन् । उहाँको कृतिको ओझ र काव्यिकधाराले देश कै गहना बनाएको छ बधाई शुभकामना ।
मौन आवाजको तरङ्ग छाड्ने कविताहरुको म फ्यान हुँ । स्तरीय मार्मिक शव्दावली र विम्वहरुको भावले होला कविताको अध्ययन गर्दा भिजोल हेरे झै हुन्छ । दिमाग फनफनी घुम्छ । ह्याङ बनाउँछ । विचारको निखारता पूर्ण अभिव्यक्ति, भावनाको उद्धेग, यथार्थ र पृथक दृष्टिकोण, कलात्मक शैलीले पाठकको मनलाई तान्न सफल भएकै कारण उनी लोकप्रिय छन् । दुई वर्ष अगाडि पालुङ्गमा पाहुना लाग्न म गएको बेला युवा पक्ति बीचमा केहि साहित्यिक छलफल भयो । कुरैकुरैमा मौन आवाजको नाम आयो, मैले मेरो राम्रो चिनजान छ, हामी सँगै अभियानमा छौ के भनेको थिए हल स्तव्ध भयो, म छक्क परे । उहाँहरुले मौन आवाजलाई नदेखेको तर कविता भने पढेका, फ्यान रहेछन् । यस्ता घट्ना अन्यन्त्र पनि भयो । यस मानेमा यस कृति प्रकाशनले मलाई हर्षित बनाएको छ ।
समाजले पचाउँदैन, रुचाउँदैन यस्ता यौनजन्य विषयमा सरल, सहज र पाच्य पूर्ण भाषामा शव्दावलीको प्रयोग कवितामा उद्घोग गर्ने अदभूत कलाले नग्नतालाई सुन्दर अभिव्यक्त गर्न सफल बनाएको देखिन्छ । सामाजिक विकृतिको कडा प्रतिरोध, राजनीतिक व्यङ्ग्य, चेतावनी र सुझावले नयाँ गोरेटो दिशानिर्देशले कवितालाई पढनीय बनाएको छ । प्रकृति र प्राकृतिक संरचनाको वर्णनमा मौलिक प्रयोगले कृतिलाई थप आकर्षण बनाएको महशुस हुन्छ । आध्यात्मिक कलेवर र वास्तविक देवताको वखानले नयाँ चेत भर्न सफल भएको पाइन्छ । वास्तवमा एकदम खुल्ला र स्पष्ट तरिकाले समाज रुपान्तरणको शङ्खघोष मौन आवाजले कृतिमा गरेको मैले भेट्टाए ।
सहजै देख्न सकिने र बुझ्न सकिने तरिकाले कविता चित्रित हुन्छ । राजनीतिक पाखण्ड, समाजको यथार्थ चित्र, यौन संरचना, मानवीय सम्वन्ध, प्रकृतिको वखानले कविताको तत्व खदिलो बनाएको छ । भाषा र शव्द चयनको पारखीले तत्व मींमासीय पक्ष बलियो बनाएको छ । समाज रुपान्तरण, उच्च चेतनाको प्रवाह, निसन्देह मार्ग पहिल्याउँन देखाउँने शुत्रले नविन बाटो र ज्ञान सर्वत्र बनाएको पाइन्छ तसर्थ ज्ञान मींमासी पक्ष पनि कवितामा अव्वल छ । सत्य तत्व र ज्ञानका कारण सबैले बोध गर्ने र अर्थ बोक्ने भएकोले मूल्य मींमासीय पक्ष पनि सुन्दर रहेको पपाइन्छ । तीन वटा नै दार्शनिक कोणमा कविता स्तरीय देखिएकोले मौन आवाज दार्शनिक कवि हुन भन्दा फरक पर्दैन । म चैतन्य र चिन्ता दुवै हुँ ! किनकि म अस्तित्वको एउटा प्रक्रिया हुँ ! उहाँको यो अभिव्यक्तीले यस कुराको थप पुष्टि गर्छ ।
चन्द्रागिरिको एक कुनामा रहेको कवि सर्वत्र बनाउने र नविन चेत भर्ने दायित्व तपाई हामी सबैको हो । यो भूगोल परापूर्व समयदेखि नै साहित्यिक भूमि हो । चन्द्र गोमी, शिखरनाथ सुवेदी, सोमनाथ सिग्देल, भक्त नकर्मी, कृष्ण प्रसाद श्रेष्ठ, श्रीहरि रुपाखेती, भुवनहरि सिग्देल, तेजप्रकाश श्रेष्ठ, आहुती, हरिगोविन्द लुइटेल आदी स्वनामधन्य कवि र लेखकले सिंचित गरेको साहित्यिक भूमिमा नयाँ कवि लेखक जन्माउने अभिभारा हाम्रो हो । कवि मौन आवाज यस कै एक उपज हुन । बधाइ शुभकामना ।
अब निस्कनुपर्छ
यहाँबाट ।
हिँड्नुपर्छ
बनाएर आफ्नै बाटो
पुग्नुपर्छ
आफ्नै ठाउँमा ।
(साभार: कवि मौन आवाजको तयारी कविताबाट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?