श्राद्धको शुरूवात पहिले ब्रह्माजीले गर्नुभएको थियो, उहाँले श्राद्धको विधि बताउनुभएको र त्यसपछि १०० वर्षसम्म तप गरेर देहत्याग गरेका श्रीमान (दत्तात्रेयका नाति निमिका पुत्र)को नीमिले सर्वप्रथम श्राद्ध गरेका थिए ।
आफ्ना दिवंगत पितृहरूलाई उनीहरूको मृत्युतिथीका दिन वा अन्य पर्वमा वा तीर्थहरूमा श्रद्धापूर्वक जल र अन्न अर्पण गरेर तृप्त पार्ने कामलाई श्राद्ध भनिन्छ । ‘श्राद्ध’ शब्दको निर्माण ‘श्रद्धा’ शब्दबाट भएको हो, यस शब्दमा ‘अङ्’ प्रत्यय लागेर श्राद्ध शब्द बनेको हो । यसले ‘आस्तिक बुद्धि’ भन्ने अर्थ लाग्छ । ‘श्रत्सत्यं दधाति यया क्रियया सा श्रद्धा’ अर्थात् जसमा सत्य प्रतिष्ठित छ, त्यही श्रद्धा हो ।
छान्दोग्योपनिषद्को सातौं प्रकरणको १९औं र २०औं मन्त्रमा श्रद्धा शब्दका दुई वटा विशेषताको उल्लेख गरिएको छ– मनुष्यको हृदयमा उत्पन्न हुने निष्ठा र आस्तिक बुद्धिको उद्बोधन वा मनन । शास्त्रहरूमा श्रद्धापूर्वक सम्पन्न गरिने पैतृक कार्य नै श्राद्ध हो भनी यसरी भनेको पाईन्छ– ‘श्रद्धार्थमिदं श्राद्धम्’, ‘श्रद्धया कृतं सम्पादितमिदम्’, ‘श्रद्धया दीयते यस्मात् तच्छ्राद्धम्’, ‘श्रद्धया इदं श्राद्धम्’ वा ‘श्रद्धया पितृन् उद्दिश्य विधिना क्रियते यत्कर्म तच्छ्राद्धम् ! कल्पतरूमा पनि यसरी उल्लेख भएको छ– ‘एतेन पितृनुद्दिश्य द्रव्योत्यागो ब्राह्मणस्वीकरणपर्यन्तं श्राद्धस्वरूपं प्रधानम् ।’ अर्थात – पितृलाई उद्देश्य गरी यज्ञीय वस्तुको त्याग र ब्राह्मणहरूद्वारा स्वीकार गर्ने प्रक्रिया नै प्रधान श्राद्धस्वरूप हो । यहाँ म श्राद्ध र सोह्रश्राद्धका विषयमा संक्षेपमा जानकारी गराउने प्रयत्न गर्दैछु ।
१. श्राद्धको प्रारम्भ
महाभारतका अनुसार श्राद्धको शुरूवात पहिले ब्रह्माजीले गर्नुभएको थियो, उहाँले श्राद्धको विधि बताउनुभएको र त्यसपछि १०० वर्षसम्म तप गरेर देहत्याग गरेका श्रीमान (दत्तात्रेयका नाति निमिका पुत्र)को नीमिले सर्वप्रथम श्राद्ध गरेका थिए । यसरी यसअघि कसैले नगरेको श्राद्धकर्म गरेकोमा निमिले श्राद्ध गरिसकेपछि आफूले पहिले कसैले नगरेको कर्म गरेँ कि भनेर डराए । त्यसपछि अत्रिलाई सम्झिए । अत्रि आएर उनलाई भने– निमे संकल्पितस्तेऽयं पितृयज्ञस्तपोधन । मा ते भूद् भीः पूर्वदृष्टो धर्मोऽयं ब्रह्मणा स्वयम् ।।। अर्थात् – हे तपोधन निमि ! तिमीले संकल्प गरेको यो पितृयज्ञ हो । नडराऊ, यो धर्म पूर्वकालमा स्वयं ब्रह्माजीद्वारा निर्धारित गरिएको हो । उनले फेरी भने की– सोऽयं स्वयम्भुविहितो धर्मः संकल्पितस्त्वया । ऋते स्वयम्भुवः कोऽन्यः श्राद्धेयं विधिमाहरेत् ।। अर्थात् – तिमीले गरेको यो धर्म स्वयं स्वयम्भूद्वारा विहित हो । स्वयम्भू ब्रह्माबाहेक अरू कसले श्राद्धको यो विधान निर्धारण गर्न सक्थ्यो र ! यस प्रकारले श्राद्ध सर्वप्रथम दत्तात्रेय पुत्र तपस्वी निमिले आफ्नो पुत्र श्रीमानको उद्धारकालागी श्राद्ध गरे । त्यसपछि अविच्छिन्न परम्पराबाट सबैले पितृहरूको नाममा श्राद्ध गर्दै गए र सबैले उत्तम गति प्राप्तगर्न थाले ।
२. श्राद्ध किन गर्ने ?
पितृकार्यं द्विजातीनां देवकार्याद्विशिष्यते– अर्थात– देवकार्य भन्दा पितृकार्य ज्यादै श्रद्धापूर्वक गर्नुपर्ने विशेष कार्य हो । त्यसैले हरेक सन्ततिले भौतिक तथा पारलौकिक सफलता प्राप्तिकालागि आफ्ना पितृहरूको श्रद्धाले वेदादि शास्त्र सम्मत विधिले श्राद्ध गर्नुपर्छ । पितृहरूको अंशबाटै आफ्नो जन्म भएको र उहांहरूकै शिक्षाले आफूले संस्कारादि ज्ञान पाएकोले पनि मृत्यु पश्चात् हरेक वर्ष उहांहरूको श्राद्ध गर्नु हरेक सन्ततिको कर्तव्य हो । विभिन्न पुराणादि शास्त्रहरूले पितृ श्राद्धलाई सबैभन्दा उत्तम कार्य भनेका छन् । कात्यायनस्मृतिमा श्राद्धलाई ‘पितृयज्ञ’ भनिएको छ । भविष्यपुराणमा देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई सुम्पिनु श्राद्ध हो भनिएको छ । श्राद्ध गर्नाले पितृहरू तृप्त भई आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष, सुखादि सबै प्रकारका ईच्छा पुरा हुन्छन् भनी यस प्रकारका आशिर्वाद दिन्छन् भनी मार्कण्डेयपुराणमा यसरी भनिएको छ – आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ।। यसैले पितृहरूकालागी गरिने यज्ञ, पूजा, उपासना नै श्राद्ध हो । पितृ श्राद्धकालागी जल, कुश, जौ र तिल अनिवार्य चिज हुन् । यसैगरी पितृहरूको स्मरण गर्दै पितृहरूका प्रतीक बनेर आफ्ना निमन्त्रणामा आफ्ना घर आएका ब्राह्मणहरूलाई पितृहरूलाई प्यारो लाग्ने वस्तु दान गर्नु वा प्रियभोजन गराउदा पितृहरू खुशी हुन्छन् । भविष्यपुराणका अनुसार– भोजको यस्तु वै श्राद्धं न करोति खगाधिप । मातुःपितुस्तु सततं वर्षे मृते हनि ।। सयाति नरकं घोरं तामिश्रे नाम नामतः ।। अर्थात् – पुर्खाको सम्पति खानेले हरेक वर्ष आफ्ना पितृहरूको तिथिमा श्राद्ध गर्नुपर्छ । यसरी श्राद्ध गरेन भने मरेपछी तामिस्र नामको घोर नरकमा पर्दछ । श्राद्धको निमित्त पवित्र स्थान, मन, इच्छा, भक्ति, श्रद्धा, सामग्री र विधि अनिवार्य हुन्छ । अथर्ववेदले पितृहरूको निवास पृथ्वीमा, अन्तरिक्षमा र स्वर्गमा हुन्छ भनेको छ । पहिलो पुस्ता पिता–माता वसुस्वरुप, दोस्रोपुस्ता हजुरबुवा–हजुरआमा रूद्रस्वरूप र तेस्रोपुस्ता बुढोहजुरबुवा–बुढीहजुरआमा आदित्यस्वरूप भएर रहेका हुन्छन् र सन्ततिले श्रद्धापूर्वक दिएका तर्पण र पिण्ड (श्राद्धकर्म) स्विकार गरेर सन्ततिलाई आशिर्वाद दिएर पितृलोकमा जान्छन् । पितृका श्रापले सन्तानको नाश हुन्छ भने आशिर्वादले तिनका सन्तानको कल्याण भई सबै सुख भोगगरी मरेपछी स्वर्गमा बास पाउंछन् भनिएको छ ।
पार्वण वा महालय श्राद्ध आश्विन कृष्णपक्षका १६ तिथीमा गरिने भएकोले यसलाई सोह्र श्राद्ध भनिएको हो । सोह्रश्राद्धमा तर्पण पाउने सबै पितृहरूलाई पिण्ड दिने चलन पनि छ । त्यसबेला तिनका सन्ततिले बाबुको पुण्य तिथिमा ती पितृहरूलाई आफ्ना घरमा विधिपूर्वक स्वागतगरी श्रद्धाले श्राद्ध गरेर तृप्त पारेमा ती पितृहरूले आफ्ना सन्तानलाई आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष, सुखादि सबै प्रकारका ईच्छा पुरा होउन् भनि यस प्रकारका आशिर्वाद दिन्छन् भनि मार्कण्डेयपुराणमा यसरी भनिएको छ
आफ्ना पूर्वज पितृहरू प्रति श्रद्धा पूर्वक गरिने कार्य नै श्राद्ध हो । अर्थात् पितृहरूका नाममा विधिपूर्वक जुन कार्य गरिन्छ, त्यसैलाई ‘श्राद्ध’ भनिन्छ । हाम्रा हरेक दैविक वा माङ्गलिक कार्य गर्नुपर्दा पहिले पितृहरूलाई सन्तुष्ट पार्नुपर्छ । त्यसैले हाम्रा दशैं र तिहार जस्ता महान चाडपर्व मनाउन देवी, लक्ष्मीको आह्वान गर्नु पहिले समस्त पितृहरूलाई मनाएर तृप्त पार्नुपर्ने भएकोले आश्विन कृष्णपक्षलाई पितृपक्ष (सोह्रश्राद्ध)मानेर सबै पितृहरूलाई श्राद्धका माध्यमले सन्तुष्ठ र तृप्त पारेपछी मात्र आश्विन शुक्लपक्षमा घटस्स्थापनादि दुर्गापूजा र लक्ष्मीपूजादि यमपञ्चक पर्व मनाउन पाउंछौं । पितृहरूको श्राद्ध नगर्ने कहां देवताहरू बस्दैनन् र तिनीहरूले गर्ने अनुष्ठानहरू निष्फल हुन्छन् ।
३. श्राद्ध नगरे के हुन्छ ?
श्राद्धमेतद् न कुर्वाणो नरकंप्रतिपद्यते ! –विष्णुस्मृतिः ।
अर्थात – श्राद्ध नगर्नेलाई नरक प्राप्त हुन्छ ।
जुन अज्ञानीहरूले मूर्खतावश पितृहरू हुँदैनन् भनि पितृहरू माथी विश्वास नगरी उनीहरूको श्राद्ध गर्दैनन् तिनका पितृहरूले वंशहरूको रगत पिउँछन् भनको छ –
न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः । श्राद्धं न कुरुते तत्र तस्य रक्तंपिवन्ति ते ।। – आदित्यपुराण ।
जसले पितृहरूको श्राद्ध गर्दैन, त्यस्ताको कूलका सन्तान वीरहरू, निरोगीहरू र लामो आयु भएकाहरू जन्मदैनन् । त्यसैकारण हरेकले आ आफ्नो सामथ्र्य अनुसार श्राद्ध गरून् ।
४. हविष्य (चोखो एकछाकी)
भविष्यपुराणका अनुसार श्राद्धको अघिल्लो दिन कपाल, दाह्री खौरेर स्नान गरी शुद्धभई एकछाक हविष्यान्न खाएर उपवास बस्नुपर्छ–
दिवसस्याष्टमे भागे मन्दीभूते दिवाकरे ।
तत्र नक्तं विजानियान्न नक्तं निशिभोजनम् ।।
अर्थात्– श्राद्ध कर्ताका बुढाबुढीले अघिल्लो दिन शुद्ध र सात्त्विक हविष्यान्न भोजन गर्नुपर्दछ। प्रातः र सायम सन्ध्याका साथै रात्रिकालीन समयमा भोजनगर्नु हुँदैन । सूर्यको तेज मलिन भएको बेला दिनको आठौं भागमा सूर्य नअस्ताउँदै भोजन ग्रहण गर्नुपदर्छ ।
५. मघानक्षत्रमा श्राद्ध गर्ने सम्वन्धमा
मघानक्षत्र स्वयं पितृसम्बन्धी नक्षत्र हो । त्यसैले गृहस्थले मघानक्षत्रमा सपिण्डिकरणादि श्राद्ध बाहेक अरू एकोद्दिष्ट र पार्वण श्राद्ध गर्नैपर्छ । कतिपयले मघानक्षत्रमा पितृश्राद्ध गर्नुहुंदैन भन्ने गरेका छन् । यस सम्वन्धमा शास्त्रीय भनाईहरू यस्ता छन् ।
नक्षत्रत्रिपुष्करयोगे रोहिणीमघयोः । श्राद्धं न कुर्यात् सपिण्डादि… महालयश्राद्धं…पार्वणं तु करेद्…। – नारदसंहिता ।
अर्थात् – रोहिणी र मघा नक्षत्रमा सपिण्डीकरण आदि श्राद्ध नगर्नू, तर महालयमा पर्ने पार्वण श्राद्ध भने गर्नु भनिएको छ । श्रेष्ठो भवति ज्ञातीनां मघासु श्राद्धमाचरन् ।– वायुपुराण अ.८३ । अर्थात् – मघा नक्षत्रमा श्राद्ध गर्ने व्यक्ति आफ्ना ज्ञातिहरूमध्ये श्रेष्ठ हुन्छ ।
दद्यात् श्राद्धं त्रयोदश्यां मघासु च यथाविधि ।
मधुसर्पिः समायुक्तं पायसं दक्षिणायने ।।– मार्कण्येयपुराण ३२.३५ । अर्थात् – दक्षिणायनमा त्रयोदशी तथा मघा नक्षत्रमा विधिपूर्वक, मह र घ्यूयुक्त पायसद्वारा श्राद्ध गर्न सकिन्छ ।
आश्लेषायां ददच्छ्राद्धं वीरान् पुत्रान् प्रजायते । ज्ञातीनां तु भवेच्छ्रेष्ठो मघासु श्राद्धमावपन् ।। फल्गुनीषु ददच्छ्राद्धं सुभगो श्राद्धदो भवेत् । अपत्यभागुत्तरासु हस्तेन फलभाग् भवेत् ।।– महाभारत अनुशासनपर्व । अर्थात् – अश्लेशामा श्राद्ध गर्दा वीर पुत्र प्राप्त हुन्छन् – मघा नक्षत्रमा श्राद्ध गर्ने व्यक्ति आफ्ना ज्ञातिहरूमध्ये श्रेष्ठ हुन्छ ।
६. प्रत्येक छोराले श्राद्ध गर्नुपर्ने
अंशबण्डा नभए तापनि भान्सा अलग अलग भएका छोराहरूले आफ्ना बाबु आमाको छुट्टा छुट्टै श्राद्ध गर्नुपर्छ भनिएको छ –
अविभक्ताः पृथगग्रामा स्व स्वर्जितधनाशना ।
भ्राताः कुर्वत श्राद्धं माता पित्रोः पृथक पृथक ।। –ब्याघ्रपाद स्मृति ।
एकं पाकेन वसतां पितृदेव द्विजार्चनम् ।
एकं भवेद्बिभक्तानं तदेवस्याद् गृहे गृहे ।।– निर्णय सिन्धु ।
७. सोह्रश्राद्ध (पार्वण वा महालय श्राद्ध)
आश्विन महिनाको कृष्णपक्षलाई पितृपक्ष वा महालय पक्ष भन्दछन् । यस पक्षलाई पर्व मानेर सबै पितृहरूलाई संझेर श्राद्ध गरिने भएकोले यस श्राद्धलाई पार्वण वा महालय श्राद्ध भनिन्छ ।
८. पार्वण वा महालय श्राद्धको महत्व
आश्विन कृष्णपक्षको प्रतिपदाका दिनमा (कन्या राशि र पूर्व भाद्रापद नक्षत्रमा) मा समस्त पितृगणहरू सूर्यका नजिकमा हुन्छन् । त्यसैबेला दिव्यपितृका प्रमुख अर्यमासँग सूर्यको भेट हुँदा अर्यमाको आग्रहमा सबै पितृहरूले आ–आफ्ना सन्ततिहरूलाई नियाल्दै पृथ्वीलोकको भ्रमणमा आउँछन् र आ–आफ्ना परलोक गमन तिथीमा आफ्ना सन्तानका नजिक आउँदा भोक लागेर सन्तानबाट जल र पिण्डको आशा गर्दछन् । यस पक्षमा पितृहरू आफ्नो जीवित सन्तान वा श्राद्धकर्ताको ढोकामै आइपुग्छन् । पितृपक्षमा श्राद्ध गर्ने कर्तामा आश्रित भएर उसका पितृहरू घरको ढोकामा आएर बसिरहेका हुन्छन् । त्यसमा पनि समस्त पितृहरूले कर्ताको पितालाई मुख्य व्यक्ति बनाएर यसले (कर्ताले) श्राद्ध कहिले गर्ला भनेर बाटो हेरिरहेका हुन्छन् । पितृहरूको नेतृत्व कर्ताका पिताले गर्दछन् । कर्ताका पिताले समस्त पितृहरूसँग ‘मेरो तिथि आउँनै लाग्यो, उसले हामीलाई त्यसदिन बोलाउँछ अनि हामी त्यस दिन ब्राह्मणमार्फत जानुपर्दछ’ भनि ढोकामा बसेर आशा गरिरहेका हुन्छन् । यसर्थ पिताको मृततिथिमा नै महालय श्राद्ध गर्नुपर्छ । महालय पक्ष लाग्ने पूर्णिमा र चतुर्दशी तिथि भएकाहरूको भने अष्टमी, द्वादशी, औंशी तिथि, भरणी नक्षत्र र व्यतीपात योगमा पनि महालय श्राद्ध गर्न सकिन्छ भनिएको छ । तर महालय श्राद्ध तिथिप्रधान भएकाले अष्टमी, चतुर्दशी, औंसी र आशौचादीले रोकिएको भए तापनि अष्टमी, द्वादशी औंशीमध्ये एक तिथिमा गर्नुपर्छ ।
९. सोह्रश्राद्ध बारे शास्त्रीय मतहरू
पार्वण वा महालय श्राद्ध आश्विन कृष्णपक्षका १६ तिथीमा गरिने भएकोले यसलाई सोह्र श्राद्ध भनिएको हो । सोह्रश्राद्धमा तर्पण पाउने सबै पितृहरूलाई पिण्ड दिने चलन पनि छ । त्यसबेला तिनका सन्ततिले बाबुको पुण्य तिथिमा ती पितृहरूलाई आफ्ना घरमा विधिपूर्वक स्वागतगरी श्रद्धाले श्राद्ध गरेर तृप्त पारेमा ती पितृहरूले आफ्ना सन्तानलाई आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष, सुखादि सबै प्रकारका ईच्छा पुरा होउन् भनि यस प्रकारका आशिर्वाद दिन्छन् भनि मार्कण्डेयपुराणमा यसरी भनिएको छ – आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च । प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धतर्पिताः ।। यदि श्राद्धका आशाले आएका ती पितृहरूलाई तिनका सन्ततिले कृष्णपक्षका सोह्र दिनसम्म कुर्दा पनि वास्ता नगरी श्राद्ध गरेनन् भनी ती पितृहरूको श्वास–प्रश्वास नै रोकिन जान्छ । यो पिडाले गर्दा तिनलाई श्राप दिएर जान्छन् । गरूडपुराणका अनुसार श्राद्ध नगर्ने सन्ततिलाई पितृहरूले यस्तो श्राप दिएर जान्छन् – ये न दद्युस्तिलं दानं ये न कुर्वन्ति श्राद्धकम् । ते नरा निष्फलां प्रीतिं यान्ति पित्रोरसंशयम् ।। अर्थात् – जसले पितृहरूको निम्ति तिल दान गर्दैनन् र श्राद्धकर्म गर्दैनन्, ती व्यक्तिहरू पितृहरूका कृपा बिना नै जीवन बिताउँछन् र तिनीहरूले पितृका आशिर्वाद पाउँदैनन् । विष्णुपुराण, गरूडपुराण र महाभारत अनुशासन पर्वका अनुसार पितृका श्रापले गर्दा तिनीहरूको सन्तान नाश हुने वा निःसन्तान हुनेछन्, धन नाश हुनेछ, पारिवारीक अशान्ति हुनेछ, परिवारमा अकाल मृत्यु वा रोग व्याधिले सताउनेछ, त्यसैले तिनलाई पार्वण श्राद्ध गरी सन्तुष्ट र तृप्त तुल्याउने परम्परा छ । आश्विन कृष्णपक्षको १५ दिनको समयभित्र सकेसम्म आफ्नो बाबुको तिथीमा र सो तिथीमा गर्न नमिलेमा बाजेको तिथीमा र सो तिथीमा पनि सम्भव नभए बराजुको तिथिमा वा अन्य कुनै तिथीमा भए पनि पार्वण श्राद्ध गरेर पितृहरूलाई तृप्त पारेर आशिर्वाद लिनुपर्छ ।
१०. पार्वणश्राद्ध बाबुको तिथिमैं गर्नुपर्ने
निर्णयसिन्धुका अनुसार पार्वण श्राद्ध बाबुको तिथीमै गर्नुपर्छ । बाबुको तिथीमा गर्दा केही पनि बिचार गर्नु पर्दैन । तर, यदि बाबुको तिथी चतुर्दशी वा पूर्णिमा भएमा भने ती तिथीमा पार्वण श्राद्ध गर्नु हुँदैन । बाबुको तिथी चतुर्दशी वा पूर्णिमा भएमा वा जुठो, सुतक परि वा पत्नी रजश्वला भई छेकिएको अवस्थामा –
अमापाते भरण्यां च द्वादश्यां पक्षमध्यके ।
तथा तिथीं च नक्षत्रं वारं च न विचारयेत् ।।
अर्थात् – व्यतिपात योग, भरणी नक्षत्र, औंसी, द्वादशी वा अष्टमी तिथी परेमा अरू कुनै पनि तिथी, नक्षत्र, वार आदि विचार गरिरहनु पर्दैन । पार्वण वा महालय श्राद्ध गर्नुहुन्छ । यो कुराको पुष्टि स्मृतिसंग्रहले पनि गरेकोछ । बाजे वा जिजुबाजेको तिथिमा श्राद्ध गर्दा भने शुक्रबार, षष्टी तिथी र चतुर्दशी तिथीमा गर्नु हुंदैन । तर, शुक्रबारका दिनमा द्वादशी, अष्टमी र औंसी तिथी, वा व्यतिपात योग र भरणी नक्षत्र परेमा भने गर्नु हुन्छ । यदि कुनै कारणबाट पार्वण (महालय वा सोह्र )श्राद्ध रोकिन गएमा –
अमापर्यन्ततिथाव सम्भवे आश्वीन शुक्लपंचमीपर्यन्तं यस्मिन्कस्मिंश्चित्तिथौ महालयः । तत्रासम्भवे यावद्धश्चिकदर्शनं व्यतिपात द्वादश्यादिपर्वणि कार्यः ।।
अर्थात् – औंसीसम्म महालयश्राद्ध हुननसकेमा आश्वीन शुक्लप्रतिपदा देखी पञ्चमीसम्म गर्नुहुन्छ । यदी ती पांच तिथीमा पनि गर्न नमिलेमा आश्वीनशुक्ल अष्टमी वा द्वादशीका दिन गर्नुपर्छ । ती तिथीमा पनि हुन नसकेमा व्यतिपात योग परेको कुनै पनि तिथीमा गर्नु र सो तिथिमा पनि नभएमा कार्तिककृष्ण अमावश्या (गाई तिहार) का दिनमा गर्नुपर्छ । कार्तिक महिना भित्रै पार्वण श्राद्ध गरिसक्नु पर्छ– कारणवश रोकिएको पार्वण श्राद्ध कार्तिक महिना भित्रै गरिसक्नुपर्छ । मंसिर महिना लागेपछि चाँही पार्वणश्राद्ध गर्नु हुँदैन भनि यसरी भनिएको छ –
बृश्चिके समतीक्रान्ते पितरो दैवतैःसह ।
निःश्वस्य प्रतिगच्छन्ति शापं दत्वा सुदारूणम् ।। – निर्णयसिन्धु ।
अर्थात् – तिथीले मंसिर लागेपछि (कार्तिक कृष्ण अमावश्या पश्चात) पितृहरू निराश भएर लामालामा श्वासफेर्दै छोराहरूलाई श्राप दिएर पितृलोकतिर जान्छन् ।
यदि एउटै दिन बाबुको एकोद्दिष्ट वार्षिकश्राद्ध र पार्वणश्राद्ध दुबै गर्नुपर्ने अवस्थामा चाही पहिले एकोद्दिष्टश्राद्ध गरेर त्यसपछि स्नानगरी पार्वणश्राद्ध गर्नुपर्दछ– एकोद्दिष्टं परित्यज्य पार्वणं कुरुते यदि । अकृतं तद्विजानीयात् स मातृपितृघातकः ।।– यमवचन, श्राद्धचिन्तामणि । अर्थात् – एकोद्दिष्ट श्राद्ध नगरी पहिले पार्वण श्राद्ध गर्ने हो भने, त्यो पार्वण श्राद्ध गरेको मानिँदैन । त्यसैले पहिले एकोद्दिष्ट श्राद्ध सम्पन्न गरेर मात्र पार्वण श्राद्ध गर्नुपर्छ ।
११.आमाको एकोद्दिष्टश्राद्ध र बाबुको पार्वणश्राद्ध
एउटै दिनमा पर्न गएमा– बाबुको पार्वणश्राद्ध पहिले र त्यसपछि आमाको एकोद्दिष्टश्राद्ध गर्नुपर्छ– यत्रैकत्र भवेतां चेदेकोद्दिष्टं च पार्वणम् । पार्वणं तत्र निर्वत्र्य एकोद्दिष्टं समाचरेत् ।।– जाबालि वचन अर्थात् – जहाँ एउटै दिनमा एकोद्दिष्ट र पार्वण दुवै श्राद्ध पर्न जान्छन्, त्यहाँ पहिले पार्वणश्राद्ध सम्पन्न गरेर त्यसपछि एकोद्दिष्टश्राद्ध गर्नुपर्छ । त्यसैले पहिले बाबुको पार्वणश्राद्ध गर्ने र त्यसपछि स्नान गरेर आई आमाको एकोद्दिष्टश्राद्ध गर्नुपर्छ । एकोद्दिष्टं देवहीनम् एकाघ्र्यैकपवित्रकम् । आवाहनाग्नौकरणरहितं ह्यपसव्यवत् ।।– याज्ञवल्क्यस्मृति । अर्थात् – एकोद्दिष्टमा विश्वेदेवको विधान हुँदैन, एउटा अघ्र्य, एउटा पवित्र आदि हुन्छ र यसको आफ्नै विशिष्टविधि हुन्छ । आमश्राद्धं तु पूर्वाह्णे एकोद्दिष्टं तु मध्यतः । पार्वणं चापराह्णे तु प्रातर्वृद्धिनिमित्तकम् ।।– हारितस्मृति अर्थात् – आमश्राद्ध (कककाचो अन्नले गर्ने श्राद्ध) बिहान, एकोद्दिष्ट (मृत्युतिथिको) श्राद्ध मध्याह्न, पार्वण (सोह्रश्राद्ध) श्राद्ध अपराह्न र वृद्धिश्राद्ध (विवाह, व्रतबन्ध आदिमा पितृ खुशी पार्न गरिने श्राद्ध) प्रातःकालमा गर्नुपर्छ ।
श्राद्धको यस्तो विधान भए तापनि यदि एकै दिन पार्वण र एकोद्दिष्ट दुवै श्राद्ध गर्नुपर्ने विशेष अवस्थामा जाबालिको “पार्वणं … निर्वत्र्य एकोद्दिष्टं समाचरेत्” भन्ने क्रम नै निर्णायक हुन्छ । त्यसैले पहिले बाबुको पार्वण श्राद्ध गरेर त्यसपछि स्नानगरी आमाको एकोद्दिष्ट श्राद्ध गर्नुपर्छ ।
१२. बाबुको एकोद्दिष्ट र पार्वण श्राद्ध एकै दिन परेमा
यदि एउटै दिन बाबुको एकोद्दिष्ट वार्षिकश्राद्ध र पार्वणश्राद्ध दुबै गर्नुपर्ने अवस्थामा चाही पहिले एकोद्दिष्टश्राद्ध गरेर त्यसपछि स्नानगरी पार्वणश्राद्ध गर्नुपर्दछ– एकोद्दिष्टं परित्यज्य पार्वणं कुरुते यदि । अकृतं तद्विजानीयात् स मातृपितृघातकः ।।– यमवचन, श्राद्धचिन्तामणि । अर्थात् – एकोद्दिष्ट श्राद्ध नगरी पहिले पार्वण श्राद्ध गर्ने हो भने, त्यो पार्वण श्राद्ध गरेको मानिँदैन । त्यसैले पहिले एकोद्दिष्ट श्राद्ध सम्पन्न गरेर मात्र पार्वण श्राद्ध गर्नुपर्छ ।
१३. श्राद्ध र व्रतको दिनमा क्षौरकर्म गर्नुहुँदैन
षष्ठ्यां पर्वसु पक्षादौ भद्रारिक्तातिथिष्वपि ।
पाते श्राद्धे व्रताहे च वज्र्यं क्षौरं निशासु च ।। मरीचि वचन, निर्णयसिन्धु, पृष्ठ २८७ । औंशी, पूर्णिमा, संक्राती, एकादशी, अष्टमी,२,७,१२,४,९, १४ तिथिमा, भद्रा, व्यतिपातयोग, श्राद्ध, व्रतकोदिन र राति, क्षौर गर्नु हुँदैन । श्राद्धको अघिल्लो दिन श्राद्ध कर्ताले मुण्डन गर्नैपर्छ ।
व्रतानामुपवासानां श्राद्धादीनां च संयमे ।
न करोति क्षौरकर्म सो४शुचिः सर्वकर्मसु ।। –ब्रह्मवैवर्तपुराण, प्रकृतिखण्ड ३०।३८ ।
श्राद्ध कर्ताले अघिल्लो दिन कपाल, दारीजूँगा, नङ काटी, टाउकोमा चोख्यान घ्यू घसेर स्नान, सन्ध्योपासन, गायत्रीजप, वेदपाठ, नित्यतर्पणगरी शुद्ध हविष्यभोजन घ्यूहालेर पकाएको भात अपरान्ह कालमा सूर्यास्त भन्दा पहिलै एकछाक भोजन गर्नुपर्छ । भोलिपल्ट स्नान, सन्ध्योपासन र गायत्रीमन्त्र जपेर विधिपूर्वक निर्माण गरेर मन्त्रीएको नयाँ जनै लगाई शुद्ध सेतो धोती र उपर्ना लगाई सर्व प्रायश्चित्तगोदान गरेर श्रद्धा विश्वासकासाथ, आफ्ना पितृ तृप्तहुन् भन्ने उद्देश्यराखेर आफ्नो शक्ति अनुसार कुनै कञ्जुस्यई नगरी प्रसन्नता पूर्वक सबै सामाग्री तयार गरेर मात्र श्राद्ध गर्नु पर्छ, अनि पितृतृप्त हुन्छन् । नत्र पितृले पाउदैनन् र त्यो सबै व्यर्थमा राक्षसको भागमा जान्छ भनी यसरी भनिएको छ –
पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः ।
देवताहरू भावबाट प्रसन्न हुन्छन् भने पितृहरू व्याकरणबाट शुद्ध संस्कृत वचन प्रयोग गर्दा प्रसन्न हुन्छन् भन्ने वचनले नै श्राद्धमा विशेष शुद्धता आवश्यक पर्छ भन्ने स्पष्ट हुन्छ ।
त्यसै गरी श्राद्ध कर्ताले कपाल नखौरीकन श्राद्धमा दिएको जल रगत र अन्न दिसा(विष्टा) समान हुन्छ, त्यसैले कपाल नखौरीकन श्राद्ध गर्ने मानिस अधम हुन्छ भनी श्राद्धकल्पमा यसरी भनिएको छ–
क्षोरं कर्म विना श्राद्धं य करोति नराधमः ।
जलं च रूधिरं प्रोक्तं अन्नं विष्टा समंविदः ।।
त्यसैगरी ब्रम्हवैवर्तपुराणको प्रकृति खण्डमा पनि उल्लेख भएको छ की –
व्रतानामुपवासानां श्राद्धादीनां च संयमे ।
न करोति क्षौरकर्म सोकशुचिः सर्वकर्मसु ।। –ब्रह्मवैवर्तपुराण,प्रकृतिखण्ड ३०।३८ ।
श्राद्ध कर्ताले अघिल्लो दिन हात र गोडाको नङ काटी, कपाल खौरेर र एक छाक हविष्यान्न खाएर व्रत बस्नु पर्दछ । श्राद्धको दिन बिहान सबेरै उठी घर सफा गरी स्नान गरेर नुहाएको कपडा ननिचोर्ने र जनै फेरेर श्राद्ध गर्ने ठाउंमा गाईको गोबर र माटोले लिपेर चोखो पारी श्राद्धकालागी चाहिने सामान ठीक पार्ने । समय भएपछि पुरोहितले बताए अनुसार गर्ने । श्राद्धका लागी ४ जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको सट्टामा कुशको ब्राह्मण स्थापना गरिन्छ । पिण्डदान गर्नु पूर्व पितृसूक्त पाठ गर्नुपर्छ ।
मानिसको मृत्यु पश्चात् उसका सन्तानले श्राद्धमा दिएका बस्तुहरू पितृहरूले यसरी पाउँछन् – पितृहरू देवयोनीमा भएका भए अमृतको रूपमा पाउँछन्, गन्धर्वयोनीमा भएका भए भोग्य बस्तुको रूपमा पाउँछन्, पशुयोनीमा भएका भए वनस्पतिको रूपमा पाउँछन्, नागयोनिमा भए वायुको रूपमा पाउँछन्, यक्षयोनिमा भए पानको रूपमा पाउँछन्, राक्षसयोनिमा भए आमिष (माछा मासु) को रूपमा पाउँछन्, दानवयोनिमा भए मासुको रूपमा पाउँछन्, प्रेतयोनिमा भए रूधिर (रगत) को रूपमा पाउँछन् र मानिसको योनिमा भए अन्न जलकै रूपमा खान पाउँछन् । यदि मानिसकै योनिमा भए ब्राम्हण वा अरू रूपमा श्राद्धका दिन त्यहाँ आउँछन् ।
१४. श्राद्ध गर्ने ठाउँ
गृहस्थीले आफ्नो घर आगनमा नै श्राद्ध गर्नु पर्दछ । बाबुको पिण्डदान छोराले गर्नु, छोरा नभए पत्नीले, र छोरा वा पत्नी नभए सहोदर दाजु वा भाईले गर्नु । अरूको आगनमा गर्नु पर्ने भएमा घर धनीसँग अनुमती लिएर गरेमा मात्र पितृहरु खुशी हुन्छन् भनिएको छ । यसरी अर्काको स्वामित्वमा रहेको आगनमा गर्नु भन्दा बरु तीर्थमा गएर गर्नु बेस भन्ने शास्त्रोक्ति रहेको छ । गाई, कुकुर, हात्ती, बसेको ठाउँमा र खनजोत गरेको ठाउँमा पनि श्राद्ध नगर्नु । श्राद्धमा पिण्डदान पर्दा पार्वण श्राद्धमा नसुकेका अमला जत्रा र एकोद्दिष्टमा बेलको फल जत्रो पिण्ड बनाएर दान गर्नु भन्ने शास्त्रीय बचन रहेको छ । त्यस्तै श्राद्धका दिन कुनै पनि फलामे भाँडाकुँडा, फलामे औंठी वा फलामे बस्तुको प्रयोग गर्नु हुँदैन । पितृहरुले फलामे बस्तु श्राद्ध गर्ने ठाउँ वा भान्सा वरिपरी देखेमा रिसाएर त्यसै फर्केर जान्छन् भनिएको छ ।
श्राद्धमा गर्नुपर्ने ४ कर्महरू – गोदान संकल्प, तर्पण, पिण्डदान र ब्राम्हण भोजन ।
श्राद्ध समय – श्राद्ध जहिले पनि तेस्रो प्रहर अर्थात् अपरान्हमा गर्नु भन्ने शास्त्रीय भनाई रहेको छ ता पनि निर्णय सिन्धुका अनुसार –
पूर्वान्हे दैबिकं श्राद्ध मपरान्हे तु पार्वणम् ।
एकोद्दिष्टन्तु मध्यान्हे प्रात बृद्धि निमित्तकम् ।।
अर्थात् – दैविक श्राद्ध बिहान, पार्वण श्राद्ध अपरान्ह (२ बजेपछि), एकोद्दिष्ट श्राद्ध मध्यान्हमा, बृद्धि र नैमित्तिक श्राद्ध बिहान सबेरै गर्नु । (प्रहर छुट्याउँदा दिनलाई ५ भाग लगाएर छुट्याउनु पर्छ ।)
१५. श्राद्धकालागी चढाउन हुने र नहुने फूलहरू
१) चढाउन हुने फूलहरू
अगस्तं भृंगराजंच तुलसी शतपत्रिका ।
चम्पकं तिलपुष्पन्च षडेते पितृबल्लभा ।।
अर्थात् – अगस्ति, भृंगीराज, तुलसी, सयपत्री, चांप र तिल, यी ६ प्रकारका फूलहरू श्राद्धमा चढाउनु हुन्छ ।
२) चढाउन नहुने फूलहरू
केतकीं करबीरंच वकुलं कुन्दकं तथा ।
पाटली चैव जातिन्च श्राद्धे यत्नेन वर्जयेत् ।।
केतकी (केवडा),करबीर, वकुल, कुन्दक, पाटली आदि फूलहरू श्राद्धमा चढाउन वर्जित छ । अर्थात् नचढाउनु ।
त्यस्तै –
नजातिर्कुसुमै विद्वान विल्पत्रैश्च नार्चयेत् ।
सुरभिनागकर्णाद्यैर्हयारिकां च नारकैः ।।
विल्वपत्रैर्नार्चयेतान् पितृन् श्राद्धविगर्हितैः ।
तद्भुंन्त्यसुराः श्राद्धं नीरशैः पितृभिर्गतम् ।।
सर्वाणिरक्त पुष्पाणि निषिद्धान्य पराणीतु ।
वर्जयेत् पितृ श्राद्धेषु केतकी कुसुमानि च ।। – बृ.पा. स्मृति ।
श्राद्धमा वेलपत्र, मालती, चम्पा, नागकेशर, कर्ण, जवा, कनेर, कचना, कोईराला, केतकी र अरू राता फूल चढाउन निषेध छ । यी फूलहरू श्राद्धमा चढाएमा पितृहरूले श्राद्ध पाउंदैनन् । यस्ता फूल चढाएर गरेको श्राद्धको फल राक्षसले भोग गर्दछ ।
१६. श्राद्धमा निषेधित वस्तुहरू
भटमास, मुसुरो, कोदो, चना, रातो चिज, खोटो, हिंग, कुभिण्डो, लौका, भण्टा, जामुन, गाजर, रहर, सस्र्यू, बिरेनून, भैंसिको दूध, बिरालोले छोएको चिज र फलामेवस्तु ।
श्राद्ध कर्ताकी पत्नी रजश्वला भएको ७ दिन नभई पार्वणश्राद्धमा पिण्डदान (श्राद्ध) गर्नु हुँदैन ।
त्यस्तै कुर्मपुराण २।२२।३४, र विष्णुधर्मोत्तरपुराण १।१४१।५–६ मा उल्लेख भए अनुसार– कानो, खोरण्डो, खुनी, रोगी, नास्तिक, कुष्ठ रोगी, लुतो खटिरा आएका मानिस र कुखुरा, सुंगुर, कुकुर, बिराला, संकिरण योनी विप्र, पतित, अपांग ब्राम्हण, संस्कार नभएका मानिष, निचकर्म गर्ने मानिस, सर्वभक्षी, रजस्वला स्त्री, नपुंसक, फलामे औजार, भांडा कुंडा र हतियार आदि पनि श्राद्ध गर्ने ठाउं नजिक देखा पर्नु हुंदैन ।
यसरी निष्ठा पूर्वक श्राद्ध गरेमा आयु, सन्तान, धन, विद्या, स्वर्ग, मोक्ष र सुख प्राप्त हुन्छ भनिएको छ –
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानी च ।
प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्ध तर्पिताः ।। – याज्ञवल्क्य स्मृति, आचार २७० ।
१७. श्राद्धमा आवश्यक आठ कुराहरू
मध्याह्रः खड्गपात्रञ्च तथा नेपालकम्बलः ।
रौप्यं दर्भास्तिला गावो दौहित्रश् चाऽष्टमः स्मृतः।।
(खगौतो काल मध्यान्ह कुश नेपालकम्बल।
गाईको दूध चाँदी र तील दौहित्र अष्टम ।।
भन्छन् कुतप यिनलाई वातावरण कुत्सित ।
हटाई शुद्धता पार्ने श्राद्धमा आठ वाञ्छित।।)
– मध्याह्नको समय, नेपाली काम्लो (राडी), तिल (काला), कुश, खगौतो, चाँदी, शुद्ध गाइका दूध, घ्यू र छोरीका छोरा (सदाचारी) यति आठ कुरा कुतप अर्थात कुत्सित वातावरण हटाउने र शुद्धता फैलाउने भएकाले सकेसम्म यी चिजहरू श्राद्धमा समाविष्ट हुनैपर्छ भनिएको छ ।
१८. श्राद्धकालागी चाहिने सप्त(सात) शुद्धि
क) सातशुद्धिहरू
शरीरद्रव्यदाराभू मनोमन्त्रद्विजन्मनाम् ।
शुद्धिः सप्तसु विज्ञेया श्राद्धकाले विशेषतः।। स्कन्दपुराण प्रभासखण्ड १-२०५–१७।
अर्थात् –
क. श्राद्धगर्ने भूमि पवित्र आफ्नो घरमा शुद्ध मानिन्छ
ख. श्राद्धगर्नेको शरीरशुद्ध हुनुपर्छ
ग. श्राद्धगर्नेको मन शुद्ध हुनुपर्छ
घ. श्राद्धकर्ताकि पत्नी शुद्ध हुनुपर्छ पत्नीको स्थान ठूलो छ । (पत्नी हस्तेन पाक) भनिएकोछ
ङ. श्राद्ध गर्ने धनशुद्ध हुनुपर्छ, छलकपट, कमिसन, अन्याय, अत्याचार, भ्रष्टाचार ठगेर जुवातासआदि दुष्कर्मबाट थुपारेको कालो धन पितृले ग्रहण गर्दैनन्, आफ्नो परिश्रमबाट आर्जित सेतोधन हुनुपर्छ ।
च. श्राद्धमा प्रयुक्त हुने मन्त्र शुद्ध उच्चारण हुनुपर्छ अशुद्ध भयो भने पितृले पाउदैनन् ।
छ. श्राद्धमा भोजन गर्ने ब्राह्मण वेदपढेको, शास्त्रको ज्ञाता, सदाचारी, शुद्ध र श्रद्धालु हुनुपर्छ । यति सात कुरा विशेषगरी शुद्ध हुनुपर्छ ।
१९. श्राद्धमा ब्राह्मणले भोजन गर्नैपर्ने
आमन्त्रितस्तु यो विप्र भोक्तुमन्यत्र गच्छति ।
नरकाणां शतं गत्वा चाण्डालेश्वाभिजायते ।। – निर्णयसिन्धु ।
आमन्त्रित ब्राह्मण (पुरोहित) ले भोजन नगरी अन्यत्र गई भोजन गर्दछन् भने सयौं नरक भोग्दै अपरजन्ममा त्याज्य जातका कुलमा कुकुर भई जन्मलिन पुग्दछन् । एकै घरमा श्राद्ध गरी पूर्ण भोजन गर्नुपर्ने अनिवार्यता रहेको छ ।
मानिसको मृत्युपश्चात् जीवनमा गरेका कर्मका आधारमा कोही देवलोक जान्छन्, कोही पितृलोकमा जान्छन्, कोही नरकलोक जान्छन्, कोही प्रेत भएर भौंतारिन्छन् त कोही अर्को जीव भएर जन्म लिन्छन् । यसरी मरेपछि को के भए र कहाँ छन् भन्ने कुरा कसरी थाहा पाउनु र हामीले दिएका तर्पण, पिण्ड र दान तिनीहरूले कसरी पाउँछन् त ?
२०. श्राद्ध गर्न छाड्नु हुँदैन
भोजको यस्तु वै श्राद्धं न करोति खगाधिप ।
स याति नरकं घोरं तामिस्रे नाम नामतः।– भविष्यपुराण ।
अर्थात् – हे वैनतेय, धनभोक्ता – पितृको अंश खाएपछी हरेक वर्ष आफ्ना पितृहरूको तिथि श्राद्ध र पार्वण श्राद्ध गर्नुपर्दछ । यदि श्राद्ध नगरेमा तामिस्र नामको अन्धकारयुक्त नरकको भोग गर्नुपर्छ ।
न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः ।
श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते।। – श्राद्ध प्रकरण ।
बाचुन्जेल हेंला गर्ने अनि मरेपछी पिण्डदिने भनेर खराव बिचार राखी पितृश्राद्ध नगर्नेलाई पितृहरूले त्यसैको रगत पिउंछन् ।
२१. श्राद्धका वस्तु पितृहरूले पाउंने तरिका
मानिसको मृत्युपश्चात् जीवनमा गरेका कर्मका आधारमा कोही देवलोक जान्छन्, कोही पितृलोकमा जान्छन्, कोही नरकलोक जान्छन्, कोही प्रेत भएर भौंतारिन्छन् त कोही अर्को जीव भएर जन्म लिन्छन् । यसरी मरेपछि को के भए र कहाँ छन् भन्ने कुरा कसरी थाहा पाउनु र हामीले दिएका तर्पण, पिण्ड र दान तिनीहरूले कसरी पाउँछन् त ?
मानिसको मृत्यु पश्चात् उसका सन्तानले श्राद्धमा दिएका बस्तुहरू पितृहरूले यसरी पाउँछन् – पितृहरू देवयोनीमा भएका भए अमृतको रूपमा पाउँछन्, गन्धर्वयोनीमा भएका भए भोग्य बस्तुको रूपमा पाउँछन्, पशुयोनीमा भएका भए वनस्पतिको रूपमा पाउँछन्, नागयोनिमा भए वायुको रूपमा पाउँछन्, यक्षयोनिमा भए पानको रूपमा पाउँछन्, राक्षसयोनिमा भए आमिष (माछा मासु) को रूपमा पाउँछन्, दानवयोनिमा भए मासुको रूपमा पाउँछन्, प्रेतयोनिमा भए रूधिर (रगत) को रूपमा पाउँछन् र मानिसको योनिमा भए अन्न जलकै रूपमा खान पाउँछन् । यदि मानिसकै योनिमा भए ब्राम्हण वा अरू रूपमा श्राद्धका दिन त्यहाँ आउँछन् भनिएको छ । पिण्डमा तुलसी पत्र चढाउँदा पितृहरू प्रलयकालसम्म तृप्त हुन्छन् र गरूड चढेर विष्णुलोक जान्छन् । मानिसका आहार अन्न र पशुहरूको आहार वनस्पति भएजस्तै पितृहरूको आहार अन्न र जलको सार तत्व (गन्ध र रस) हो । त्यसैले मानिसहरूले आफ्ना पितृहरूलाई दिएका अन्न र जलको सारतत्व अग्निष्वातले ती पितृहरूकहां पुर्याईदिन्छन्, त्यो मानिसका आँखाले देख्दैनन् । ठोस र तरल (स्थुल) वस्तु यहीं रहने हुनाले त्यसलाई सबैले देख्दछन् । सारतत्व गईसकेपछि त्यो स्थुलवस्तु विसर्जन गर्नुपर्छ ।
श्राद्धमा श्रद्धा पूर्वक दिएका तर्पण र पिण्डबाट पितृ खुशी भएमा सबै देवता पनि खुशी हुन्छन् भनी यमस्मृति,श्राद्धप्रकाशमा यसरी बताईएको छ –
आयुः पुत्रान् यशः स्वर्ग कीर्तिं पुष्टिं बलं श्रियम् ।
पशुन् सौख्यं धनं धान्यं प्राप्नुयात् पितृपूजनात् ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?