काठमाडौं । नेपाल टेलिकमले एक रुपैयाँमा सिमकार्ड वितरण गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं.१० मा शनिबार आयोजित उपत्यकाव्यापी दोस्रो नायः खिँ बाजा प्रदर्शन तथा प्रबद्र्धन २०८३ को अवसरमा नेपाल टेलिकम बलम्बु शाखाले एक रुपैयाँमा सिमकार्ड वितरण गरेको हो ।
कार्यक्रमको प्रायोजक समेत रहेको टेलिकमले सहभागीलाई लक्षित गर्दै १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराएको बलम्बु शाखाका प्रमुख केरबहादुर बानियाँले जानकारी दिएका छन् । बानियाँले उक्त योजना शनिबार सोही कार्यक्रम लक्षित मात्र रहेको पनि जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?