काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन् । शर्माले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन् ।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो । यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ । कांग्रेसको १५औँ महाधिवेशत तीन दिनदेखि जारी छ । आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?