काठमाडौं । सामाजिक सुरक्षा मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा लैंगिक र यौनिक अल्पसंख्यकसहित विपद प्रभावित नागरिकको संरक्षण र पुनस्र्थापनालाई प्राथमिकता दिँदै महिला, बालबालिका, लंैगिक तथा यौनिक अल्पसंख्यक ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ ।
रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट प्रारम्भिक कार्यान्वयन गरिने कार्यक्रमले विपद्का कारण प्रभावित परिवारलाई राहतमा मात्र सीमित नराखी आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासँग जोड्ने लक्ष्य लिएको छ । कार्यक्रमअन्तर्गत आवश्यकता पहिचान गरी जीविकोपार्जन सहायता, बीउपूँजी, औजार तथा उपकरण, सीप विकास, रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराइनेछ ।
त्यसैगरी, प्रभावितलाई उत्पादन र आम्दानीसँग जोड्न बजार आबद्धतालाई समेत प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ । संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा संरक्षणका जोखिम तथा लंैगिक हिंसा न्यूनीकरण गर्दै प्रभावित नागरिकलाई आवश्यक सेवामा सहज पहुँच पु¥याइने विश्वास गरिएको छ ।
बालबालिका भएका विपद् प्रभावित परिवारलाई आवश्यकताका आधारमा विशेष प्राथमिकता दिँदै सुरक्षित जीवनयापनसँगै दिगो आयआर्जनको आधार तयार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । मन्त्रालयले विपद्पछिको पुनस्र्थापनालाई दीर्घकालीन आत्मनिर्भरतातर्फ लैजाने गरी कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?