हाम्रो पुस्ताले बच्चालाई खेलौना होइन, स्क्रिनको कैदखाना दिएको छ, बच्चा बाहिर आँगनमा खेल्न छोडेको छ, माटोमा लड्न छोडेको छ, रुख चढ्न छोडेको छ, आमाको काखमा बसेर कथा सुन्न छोडेको छ, उसको संसार अब ६ इन्चको पर्दामा अटाएको छ ।
हातमा मोबाइल, आँखामा संसार, तर घरभित्र मान्छे हराउँदैछन्, बिहान कुखुराले काँ… काँ… नगर्दै घरको एउटा कुनाबाट आवाज आउँछ, “ओहो ! उठ्नुस् न, मोबाइल चार्जमा लगाइदिनुस !” आमा भान्सामा ग्यास बालिरहेकी हुन्छिन् । बाउ साहुजीको पसलतिर लागिसकेका हुन्छन्, छोरो ओछ्यानमै घोप्टो परेर मोबाइलमा औँला नचाइरहेको हुन्छ, छोरी ऐनाअघि उभिएर मोबाइलको अगाडिको क्यामेरामा आफ्नै अनुहार खोजिरहेकी हुन्छे, घरमा मान्छे चार जना छन् तर कुराकानी गर्ने मान्छे एउटै छैन, सबैको हातमा मोबाइल छ, तर कसैको हात कसैको हातमा छैन, यही हो आजको मोबाइल पुराण, मोबाइल आफैँ खराब होइन, मोबाइल त साधन हो । तर साधनले साधकलाई चलाउन थालेपछि समस्या सुरु हुन्छ, पहिले मानिसले मोबाइल बोकेको थियो, अहिले मोबाइलले मानिस बोकिरहेको छ, पहिले हामी मोबाइल खोल्थ्यौँ, अहिले मोबाइलले हाम्रो जिन्दगी खोलिदिन्छ–कहिले हाम्रो गोपनीयता, कहिले हाम्रो कमजोरी, कहिले हाम्रो घरको झगडा, कहिले हाम्रो संस्कार, हाम्रो समयको सबैभन्दा ठूलो विडम्बना यही हो ।
हामी संसारसँग जोडिन मोबाइल किन्यौँ, तर मोबाइलकै कारण घरभित्रका मान्छेसँग टाढियौँ, बच्चाको आँखामा मोबाइल, आँखाभित्र अँध्यारो, एक दिन एउटा बच्चाले आमालाई सोध्यो– ‘आमा, मेरो आँखा किन पोल्छ ?’ ‘आमाले भनिन् – धेरै मोबाइल हेरेर होला ।’ छोराले फेरि सोध्यो – मोबाइल कसले दियो ?’ आमा चुप, बाबु चुप, मोबाइल भने चार्जमा थियो, कहिलेकाहीँ मलाई लाग्छ, हाम्रो पुस्ताले बच्चालाई खेलौना होइन, स्क्रिनको कैदखाना दिएको छ, बच्चा बाहिर आँगनमा खेल्न छोडेको छ, माटोमा लड्न छोडेको छ, रुख चढ्न छोडेको छ ।
आमाको काखमा बसेर कथा सुन्न छोडेको छ, उसको संसार अब ६ इन्चको पर्दामा अटाएको छ, बच्चाको आँखा कमजोर हुँदैछ, तर हामी उसको हातमा अझ महँगो मोबाइल थमाइरहेका छौँ, आँखाको उपचार गर्न अस्पताल लैजान्छौँ, तर आँखालाई बिरामी बनाउने मोबाइल भने फेरि उसको हातमै राखिदिन्छौँ, कस्तो जमाना आयो, बच्चाले आमाबाबुलाई ‘कथा सुनाइदिनुस’ भन्न छोडेर ‘वाईफाईको पासवर्ड के हो ?’ भन्न थालेको छ, उमेरले बालक, मोबाइलले जवान, हिजोआज बच्चाको उमेर हेरेर उसको बालापन अनुमान गर्न सकिँदैन, दस वर्षको बच्चा दस वर्षको जस्तो देखिँदैन, उसको भाषा, हाउभाउ, पोसाक, नक्कल र व्यवहारले कहिलेकाहीँ उमेरभन्दा धेरै अगाडि धकेलिएको संसार देखाउँछ, पहिले किशोरावस्था आउँथ्यो, अनि जवानी, अहिले मोबाइलले दुवैको बीचको बाटो छोट्याइदिएको छ, बच्चाले विद्यालयको किताबभन्दा पहिले प्रेमको भाषा सिक्छ, घरको संस्कारभन्दा पहिले भाइरल हुने तरिका सिक्छ, आमाबाबुको दुःखभन्दा पहिले ‘लाइक’ को मूल्य बुझ्छ, कसैले भन्यो, ‘बाबु, पढाइ गर ।’ छोरोले भन्यो – ‘एकछिन पर्खनुस्, मेरो भिडियो भाइरल हुँदैछ !’ बाबु टोलाए ।
उसले सोच्यो – मेरो छोरो ठूलो मान्छे भएछ तर छोरो ठूलो भएको होइन रहेछ, उसको मोबाइल ठूलो भएको रहेछ, एउटै घरमा चार जना, चारै संसार, आज घरमा श्रीमान् मोबाइलमा, श्रीमती मोबाइलमा, छोरा गेममा, छोरी रिलमा, बुढी आमा कुनामा बसेर पुरानो रेडियो सुन्दैछिन् ।
अहिले मानिसलाई भाइरल हुने ज्वरो आउँछ, पहिले लाज लाग्थ्यो, अहिले लाज नमान्ने कला सिकिन्छ । पहिले आफ्नो शरीर निजी कुरा मानिन्थ्यो, अहिले शरीरलाई ‘कन्टेन्ट’ बनाउने होड चलेको छ, भाइरल हुनका लागि मान्छेले के–के गर्दैन ? कसैले खाना खाँदै लाइभ बस्छ, कसैले झगडा गर्दै लाइभ बस्छ, कसैले आँसु झार्दै लाइभ बस्छ, कसैले प्रेम गर्दै लाइभ बस्छ, कसैले सम्बन्ध टुटाउँदै लाइभ बस्छ, अझ कतिपयले त आफ्नो शरीरका गोप्य अंग र संवेदनशील भागसमेत प्रदर्शन गरेर दर्शक बटुल्न खोज्छन्, लाजले कहिलेकाहीँ पर्दा खोज्छ तर मोबाइलले पर्दा हटाइदिएको छ, सरम लुक्नुपर्ने ठाउँमा क्यामेरा उभिएको छ, मान्छेले आफ्नो गोपनीयता बेचेर केही ‘लाइक’ कमाउँछ ।
आमाले भनिन् – ‘ए बाबु, खाना खान आऊ ।’ छोराले टाउको नउठाई भन्यो – आमा, एकछिन, आमा फेरि— चिसो भयो ।’ एकछिन !’ आमा भान्सामा फर्किन्, भात चिसियो तर मोबाइलमा आएको कमेन्ट तातो थियो श्रीमतीले श्रीमानलाई भनिन् – आज केही कुरा गरौँ न ।’ श्रीमानले मोबाइलबाट आँखा नउठाई भने— हँ… भन न ।’ श्रीमतीले भनिन् – तपाईं सुन्दै हुनुहुन्छ ?’ हँ… हँ… सुन्दैछु तर उनी सुन्दै थिएनन्, उनी अनलाइन थिए, तर सम्बन्धमा अफलाइन, यही हाम्रो घरको नयाँ दुःख हो, भाइरल हुने रोग पहिले मानिसलाई ज्वरो आउँथ्यो ।
अहिले मानिसलाई भाइरल हुने ज्वरो आउँछ, पहिले लाज लाग्थ्यो, अहिले लाज नमान्ने कला सिकिन्छ । पहिले आफ्नो शरीर निजी कुरा मानिन्थ्यो, अहिले शरीरलाई ‘कन्टेन्ट’ बनाउने होड चलेको छ, भाइरल हुनका लागि मान्छेले के–के गर्दैन ? कसैले खाना खाँदै लाइभ बस्छ, कसैले झगडा गर्दै लाइभ बस्छ, कसैले आँसु झार्दै लाइभ बस्छ, कसैले प्रेम गर्दै लाइभ बस्छ, कसैले सम्बन्ध टुटाउँदै लाइभ बस्छ, अझ कतिपयले त आफ्नो शरीरका गोप्य अंग र संवेदनशील भागसमेत प्रदर्शन गरेर दर्शक बटुल्न खोज्छन्, लाजले कहिलेकाहीँ पर्दा खोज्छ तर मोबाइलले पर्दा हटाइदिएको छ, सरम लुक्नुपर्ने ठाउँमा क्यामेरा उभिएको छ, मान्छेले आफ्नो गोपनीयता बेचेर केही ‘लाइक’ कमाउँछ तर प्रश्न उठ्छ – त्यो लाइकले आत्मसम्मान किनेर दिन्छ? हजारौँ दर्शक भए पनि राति सिरानीमा टाउको राख्दा मन एक्लै हुन्छ, किनकि दर्शक धेरै हुनु र आफ्ना मान्छे धेरै हुनु एउटै कुरा होइन, लाइभ बस्ने संसार एक जना युवती मोबाइल खोलेर लाइभ बसिन। नमस्कार साथीहरू ! आज म तपाईंहरूलाई मेरो निजी जीवन देखाउँदैछु।’ कसैले कमेन्ट गर्यो – साथी अझ नजिकबाट देखाऊ ।’ उसले तिघ्रा देखाईन अर्कोले भन्यो अझ…’ उनले नाई तलको पछि पहिला माथी हेर्नुहोस भन्दै झोलीएको छाती देखाइन,केही समयपछि हजारौँ भ्युज आयो, ऊनी खुसी भइन घरमा उसकी आमा बिरामी थिइन्, आमाले ढोकाबाट भनिन्, छोरी औषधि ल्याइदेऊ।’ उसले सुनी तर लाइभ बन्द गरिन । आमाले फेरि भनिन् – छोरी …’ यसपालि आवाज आएन, आमा आफैँ उठिन्, त्यो रात मोबाइलमा हजारौँ कमेन्ट थिए, तर घरमा एउटा आवाज सधैँका लागि हराएको थियो, भाइरल भिडियोले हजारौँ मान्छे हँसायो, तर एउटी आमालाई रुवायो, पश्चिमेली संस्कार कि हाम्रो गलत नक्कल ?
आधुनिकता आफैँ खराब होइन, पश्चिममा विज्ञान छ, समयको मूल्य छ, व्यक्तिगत स्वतन्त्रताको सम्मान छ, मानव अधिकारको चेतना छ । तर हामीले आधुनिकताको राम्रो पक्षभन्दा कहिलेकाहीँ बजारले बेचिदिएको चम्किलो खोल मात्र टिप्यौँ, हामीले प्रविधि लियौँ, तर अनुशासन लिएनौँ, स्वतन्त्रता लियौँ, तर जिम्मेवारी बिर्सियौँ, अधिकार खोज्यौँ, कर्तव्य छोड्यौँ, फेसन खोज्यौँ, संस्कार हरायौँ, अनि अहिले हाम्रो समाज दुई ढुङ्गाको बीचमा परेको मकैजस्तो छ – एकातिर पुरानो रूढि, अर्कोतिर अन्धो नक्कल, यही चेपुवामा परिवारको आत्मीयता पिसिँदैछ, एआई आयो, अब मान्छे कहाँ जाने ? मोबाइलको संसारमा नयाँ पाहुना आएको छ – एआई, अब मानिसले प्रश्न सोध्नुअघि मेसिनसँग सोध्छ, के लेख्ने ? के बोल्ने ? के पढ्ने ? के खाने ? के लगाउने ? कसरी बोल्ने ? कहिलेकाहीँ त कसलाई मायाँ गर्ने भन्ने निर्णय पनि एल्गोरिदमले गरिदिएला जस्तो देखिन्छ, प्रविधि उपयोगी छ तर मानिसले आफ्नो विवेकलाई आउटसोर्स गर्यो भने समस्या हुन्छ, मेसिनले उत्तर दिन सक्छ तर विवेकको जिम्मेवारी मेसिनले बोक्दैन, कृत्रिम बुद्धिमत्ता बढ्दै जाँदा प्राकृतिक बुद्धिमत्ता घट्यो भने संसार झन् विचित्र हुन्छ, भोलि यस्तो दिन नआओस् ।
मोबाइलले मानिसलाई नियन्त्रण गर्छ कि मानिसले मोबाइललाई ? मोबाइलमा नोटिफिकेसन आयो – टिङ ! मानिसले मोबाइल उठायो, फेरि टिङ ! फेरि उठायो, फेरि भाइरल भिडियो, फेरि कमेन्ट, फेरि लाइक, फेरि नयाँ खबर । फेरि नयाँ विवाद, हामीले मोबाइल चलाएको होइन रहेछ, मोबाइलले हाम्रो ध्यान चलाएको रहेछ, जसले हाम्रो ध्यान नियन्त्रण गर्छ, उसले हाम्रो समय नियन्त्रण गर्छ । जसले हाम्रो समय नियन्त्रण गर्छ, उसले हाम्रो, जीवनको ठूलो हिस्सा नियन्त्रण गर्छ त्यसैले मोबाइल केवल उपकरण होइन, यो आधुनिक समयको नयाँ मनको मालिक बन्न सक्ने शक्ति हो ।
छोराले बाबुलाई सोधोस्, बाबा, तपाईंलाई मायाँ गर्छु कि गर्दिनँ ? बाबुले भनून्, ‘एआईलाई सोधेर भन्छु ।’ त्यो दिन मानिस बाँकी रहँदैन, केवल प्रयोगकर्ता बाँकी रहन्छ, मोबाइलले मानिसलाई नियन्त्रण गर्छ कि मानिसले मोबाइललाई ? मोबाइलमा नोटिफिकेसन आयो – टिङ ! मानिसले मोबाइल उठायो, फेरि टिङ ! फेरि उठायो, फेरि भाइरल भिडियो, फेरि कमेन्ट, फेरि लाइक, फेरि नयाँ खबर । फेरि नयाँ विवाद, हामीले मोबाइल चलाएको होइन रहेछ, मोबाइलले हाम्रो ध्यान चलाएको रहेछ, जसले हाम्रो ध्यान नियन्त्रण गर्छ, उसले हाम्रो समय नियन्त्रण गर्छ । जसले हाम्रो समय नियन्त्रण गर्छ, उसले हाम्रो, जीवनको ठूलो हिस्सा नियन्त्रण गर्छ त्यसैले मोबाइल केवल उपकरण होइन, यो आधुनिक समयको नयाँ मनको मालिक बन्न सक्ने शक्ति हो, लाज हराएको समाज हाम्रो गाउँमा पहिले कसैले बाटोमा ठूलो स्वरले गाली गर्यो भने बूढापाकाले भन्थे – ए बाबु, गाउँ छ, लाज गर ! आज त्यही कुरा मोबाइलमा लाखौँ मानिसका अगाडि गरिन्छ, अनि कमेन्ट आउँछ – ‘वाह ! दमदार !’ पहिले गल्ती गरेपछि मानिस लुक्थ्यो, आज गल्तीलाई भिडियो बनाएर अपलोड गर्छ । पहिले घरको झगडा घरमै सकिन्थ्यो, आज झगडा सुरु हुनासाथ क्यामेरा अन हुन्छ, पहिले दुःखमा मान्छे छिमेकी बोलाउँथ्यो, आज दुःखको फोटो हालेर स्टाटस लेख्छ ।
‘Feeling broken.’ दस मिनेटमा सयवटा ‘Sad’ प्रतिक्रिया आउँछ तर छेउको कोठामा बसेको बुबाले भने सोध्दैन– के भयो छोरा ? हामी प्रतिक्रियाको समाज बन्दैछौँ, सम्बन्धको होइन, मोबाइल पुराणको सबैभन्दा ठूलो श्लोक एक जना बृद्ध बाबु अस्पतालको बेडमा थिए, छोरो विदेशमा, छोरी शहरमा, श्रीमतीको हातमा मोबाइल, बाबुले बिस्तारै भने – ‘मलाई तिमीहरूसँग केही कुरा गर्नु छ ।’ सबै चुप ।
बाबुले फेरि भने – ‘मोबाइल केहीबेर बन्द गर, छोराले भिडियो कल गर्यो, बाबा, सुनिरहनुभएको छ ?’ बाबुले मुस्कुराउँदै भने – सुनिरहेको छु बाबु ।’ ‘बाबा, तपाईंलाई देखिरहेको छु, बाबुले आँखा चिम्लिए, मलाई देख्नु पर्दैन बाबु… मलाई बुझिदिए पुग्छ ।’ त्यसपछि मोबाइलको स्क्रिनमा बाबुको अनुहार स्थिर भयो, कनेक्सन काटियो, छोराले मोबाइल हेरिरह्यो । पहिलोपटक उसलाई मोबाइल सानो लाग्यो र संसार ठूलो, अन्तिम कुरा मोबाइल फालेर जंगल पसौँ भन्ने मेरो कुरा होइन, प्रविधि छोडेर पुरानो युगमा फर्कौँ भन्ने पनि होइन, मोबाइल चलाऔँ तर मोबाइलले हामीलाई नचलाओस्, बच्चालाई मोबाइल दिऔँ, तर बालापन नखोसौँ, प्रविधि दिऔँ, तर विवेक पनि दिऔँ, स्वतन्त्रता दिऔँ, तर जिम्मेवारी पनि सिकाऔँ, भाइरल बनौँला, तर आफ्नो आत्मसम्मान नबेचौँ, लाइक कमाऔँला, तर आफ्ना मान्छे नगुमाऔँ, एआई प्रयोग गरौँला, तर आफ्नै बुद्धिलाई अवकाश नदिऔँ । किनकि अन्ततः मोबाइलको ब्याट्री सकिँदा चार्ज गर्न सकिन्छ तर जीवनको ब्याट्री सकिएपछि चार्जर खोजेर पाइँदैन, आज हाम्रो घरमा मोबाइल चार्ज भइरहेका छन् तर सम्बन्धहरू डिस्चार्ज भइरहेका छन् ।
स्क्रिन चम्किरहेका छन् तर आँखाभित्र अँध्यारो बढिरहेको छ, लाइक बढिरहेका छन् तर आत्मीयता घटिरहेको छ, दर्शक बढिरहेका छन् । तर, आफ्ना मान्छे घटिरहेका छन् र हामी—हाँस्दै, नाच्दै, लाइभ बस्दै, भाइरल हुँदै कुनै दिन अचानक ऐनाअघि उभिएर सोध्नेछौँ मोबाइलमा त मेरो जिन्दगी पूरै रहेछ, तर जिन्दगीमा मचाहिँ कहाँ रहेछु ? यही प्रश्नबाट सुरु हुन्छ मोबाइल पुराणको अन्तिम अध्याय र सायद त्यस दिन हामी मोबाइलको स्क्रिन होइन, आमाको अनुहार हेर्नेछौँ छोराको आँखामा आँखा जुधाउनेछौँ श्रीमतीको हात समाउनेछौँ बुबाको काँधमा टाउको राख्नेछौँ अनि बल्ल थाहा पाउनेछौँ, मान्छेको सबैभन्दा ठूलो ‘नेटवर्क’ वाईफाई होइन रहेछ, मायाको सम्बन्ध रहेछ ।
लेखक : आरती साप्ताहिक पत्रिकाको पूर्व प्रधान-सम्पादक तथा पियचडी अनुसन्धानकर्ता हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?