काठमाडौं । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आ.व. २०८३÷०८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९ दशमलव ७५ प्रतिशत हो । भदौ मसान्तसम्मको संकलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४ दशमलव ५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयले जनाएको छ ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?