नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिको वडा अधिवेशन सम्पन्न, को–को भए सभापति ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगर समितिको अधिवेशन करिव करिव सम्पन्न भएको छ । यो समाचार तयार पार्दासम्म चन्द्रागिरिको वडा नंं ३, ४ र ९ को परिणाम आउन बाँकी रहेको छ ।
हिजो र आज भएको अधिवेशनबाट चन्द्रागिरि नगरपालिका वडा नं. १ को सभापतिमा जगन्नाथ कार्की चयन भएका छन् । यस्तै, वडा नं. २ मा किरण पोखरेल, वडा नं. ५ मा दिपककुमार महर्जन, वडा नं. ६ मा शान्ता उदास, वडा नंं ७ मा हरि केसी, वडा नंं ८ मा बेखालाल महर्जन, वडा नं. १० मा पूर्णबहादुर महर्जन, वडा नं. ११ मा सिंहबहादुर महर्जन, वडा नं १२ मा प्रदिप अधिकारी चयन भएका छन् ।
यसैगरी अधिवेशनबाट वडा नं. १३ मा राजकुमार बोगटी चयन भएका छन् भने वडा नं. १४ मा रामहरि बस्नेत चयन हुँदा वडा नं. १५ को सभापतिमा सुमन थापा चुनिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?