काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा आज हुन लागेको कार्यक्रममा चन्द्रागिरि नगर क्षेत्र भित्र रहेका मासु व्यवसायीहरूको सहभागिता रहने छ ।
कार्यक्रममा पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुनी व्यवस्था, यसको कार्यान्वयन र व्यवसायसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।
मासु व्यवसायलाई व्यवस्थित तथा कानुनसम्मत बनाउन आवश्यक विषयमा अन्तरक्रिया गर्न लागिएको नगरपालिकाले जनाएको छ । कार्यक्रम विहान ११ बजे नगरपालिकाको सभाहलमा संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?