काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथि आज (शुक्रबार) छलफल हुने भएको छ ।
कार्कीले बिहीबार (हिजो) सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । उक्त निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा आज छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । सरकारको उक्त निर्णय गैरकानुनी भएको जिकिर गर्दै कार्की त्यसविरुद्ध सर्वोच्च अदालतको पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?