संस्कृत भाषा सिक्न अब अनलाइनमै अवसर, डिजिटल सिकाइ केन्द्र नेपालले निःशुल्क कक्षा सञ्चालन गर्दै
काठमाडौं । डिजिटल सिकाइ केन्द्र नेपालले संस्कृत भाषा सिक्न इच्छुक व्यक्तिहरूका लागि निःशुल्क अनलाइन संस्कृत भाषा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
केन्द्रले संस्कृत विश्वविद्यालय, संस्कृत विद्यालय तथा गुरुकुलका विशिष्ट गुरुहरूद्वारा नियमित रूपमा सञ्चालन गर्दै आएको ४५ घण्टे आधारभूत L1) संस्कृत भाषा प्रशिक्षण कक्षाका लागि नयाँ भर्ना खुला गरेको हो ।
केन्द्रका अनुसार सामान्य लेखपढ गर्न सक्ने जोकोहीले उक्त प्रशिक्षणमा सहभागी हुन सक्नेछन् । प्रशिक्षणका लागि नाम दर्ता गर्ने अन्तिम मिति २०८३ कात्तिक २३ गते साँझसम्म तोकिएको छ । कक्षा भने २०८३ मंसिर ३ गते बिहीबारदेखि सुरु हुनेछ ।
प्रशिक्षण कक्षा दैनिक बिहान ६ देखि ७ बजेसम्म र बेलुका ७ देखि ८ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ । प्रशिक्षण शुल्क पूर्ण रूपमा निःशुल्क राखिएको छ भने नाम दर्ताका लागि सामान्य शुल्क एक हजार रुपैयाँ तोकिएको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि भने दर्ता शुल्क ५०० रुपैयाँ मात्र लाग्ने केन्द्रले जनाएको छ ।
प्रशिक्षणलाई सहज र प्रभावकारी बनाउन नोट, पीडीएफ, वेबसाइटमार्फत रेकर्डेड भिडियो तथा प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । नाम दर्ताबाहेक प्रशिक्षणका अन्य कुनै पनि शुल्क नलाग्ने सूचनामा उल्लेख छ ।
यसैगरी, केन्द्रले सशुल्क कर्मकाण्ड तथा ज्योतिषसम्बन्धी प्रशिक्षण लिन चाहनेहरूका लागि पनि छुट्टै कक्षा सञ्चालन भइरहेको जानकारी दिएको छ । अनलाइन प्रशिक्षणमा सहभागी हुन इच्छुक व्यक्तिले www.merotuition.com मा गएर साइन अप गर्न सक्नेछन् । त्यसैगरी, आफ्नो पूरा नाम, सम्पर्क नम्बर र ठेगाना उल्लेख गरी ९८१८३५१०९२ नम्बरमा ह्वाट्सएपमार्फत पठाएर वा info@merotuition.com मा इमेल गरेर पनि नाम दर्ता गर्न सकिनेछ । सूचनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी सिधै फाराम भर्न सकिने व्यवस्था समेत गरिएको छ ।

संस्कृत भाषाको अध्ययन, संरक्षण र प्रवद्र्धन गर्दै प्रविधिको माध्यमबाट सर्वसाधारणसम्म संस्कृत शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?