काग यमराजको दूत भएकोले मानिस मरेकोमा कृया बस्दा हरेक दिन कागलाई ‘काकोसि यमदूतोसी’ भनि जलदान दिने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशी देखी कार्तिक शुक्ल द्वितिया अर्थात पाँचदिनसम्म मनाईने भएकोले यस पर्वलाई यमपञ्चक भनिन्छ । खुशीयालीको पर्व भएकोले यसलाई तिहार वा त्यौहार पर्व भनिएको हो । यमराजले आफ्नी बहिनी यमुनाको निम्ता मान्न पृथ्वीमा आउँदा बहिनीका घरमा रमाईलो गरी मनाएको पाँच दिनलाई यमराजकै नामले यम पञ्चक भनिएको हो ।
यो वर्ष २०८३ सालको पञ्चाङ्ग अनुसार– कार्तिक २० गते शुक्रवार ११ बजेर १० मिनेट देखि नै त्रयोदशी तिथि शुरू हुने भएकोले सोहिदिनको साँझ नै यमदीपदान पर्व, प्रदोषव्रत र धनतेरस (त्रयोदशी) पर्व मनाउनुपर्ने छ भने २१ गते शनिवार काकबली, कागतिहार र धन्वन्तरि जयन्ति परेको छ ।
त्यसैगरी २२ गते आईतवार १० बजेर ५४ मिनेटपछि औंशी तिथि लाग्ने भएकोले बिहान नरक चतुर्दशी, कुकुरतिहार मनाएर साँझ लक्ष्मीपूजा गरी, दीपमालिका र सुखरात्री पर्व मनाउनुपर्दछ, यसैदिन साँझ भैली खेल्नुपर्छ ।
त्यसैगरी २३ गते सोमवार बिहान ११ बजेर ३३ मिनेटसम्म औंशी (सोमवारे औंशी) रहेकोले बिहान ब्रह्ममुहूर्तमैं नबोलिकन स्नानगरेर नित्यपूजादि कर्म सकेर गाईको पूजागरी गाई तिहार मनाउनुपर्छ । २४ गते मंगलवार गोरूतिहार, गोवर्धनपूजा, म्हपूजा पर्व रहेको छ भने यसैदिनबाट नेपाल सम्वत ११४७ को प्रारम्भ हुनेछ । यसैगरी २५ गते बुधवार कार्तिक शुक्ल द्वितियाका दिन भाईटिका पर्व र किराँत धर्मगुरू फाल्गुनन्द लिंगदेनको जन्म जयन्ति पर्व परेको छ ।
यमराजले बहिनीलाई वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु होस्, दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु र कीर्ति सदा बृद्धि होस् भन्ने बरदान मागेकीले यमराजले तथास्तु भनी बरदान दिए । पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितियाका दिन दाजु यमलोक फर्कने बेलामा बहिनी यमुनाले मन, बचन र कर्मले शुद्ध चित्त भई दाजुका दूत सहितको पूजा गरी बिदाई गरेकीले हरेक वर्ष यी पाँच दिन यमराज पृथ्वीमा आउँदा यमराजका दूतसहितको पूजा गरी भाईटीका लगाउने र यी पाँच दिन दीपावली गर्ने चलन चल्यो । यसरी यमराजको आफ्ना दूतसहित पृथ्वीमा आगमन हुने र बास बस्ने यी पाँच दिनलाई यम पञ्चक भनिन्छ र झिलिमिली पारेर बत्तीबाली खुशी मनाउने चाड भएकोले यसलाई तिहार (त्योहार) पनि भनिएको हो ।
यमपञ्चक पर्वको महिमा
सूर्यका छोरा–छोरी यमराज र यमुना अत्यन्त मिलेका दाजु बहिनी थिए । बहिनी यमुनाले आफ्नो बिहे भएर पृथ्वीमा आएपछि धेरै पटक आफ्नो घरमा आउन दाजु यमराजलाई निमन्त्रणा पठाईन् । तर, कार्य व्यस्तताले गर्दा यमराजले बहिनीको निम्ता पाएर पनि आउन पाएका थिएनन् । एकपटक बल्ल फुर्सद निकालेर उनी कार्तिक कृष्ण त्रयोदशीका दिन पाँचदिने छुट्टीमा बहिनीको घर आए । आफ्नो घर आएका दाजुको सम्मानमा यमुनाले खुशी भई स्वागत, सत्कार र दीपावली गरिन् । यसबाट प्रसन्न भएका यमराजले बहिनीलाई वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु होस्, दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु र कीर्ति सदा बृद्धि होस् भन्ने बरदान मागेकीले यमराजले तथास्तु भनी बरदान दिए । पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितियाका दिन दाजु यमलोक फर्कने बेलामा बहिनी यमुनाले मन, बचन र कर्मले शुद्ध चित्त भई दाजुका दूत सहितको पूजा गरी बिदाई गरेकीले हरेक वर्ष यी पाँच दिन यमराज पृथ्वीमा आउँदा यमराजका दूतसहितको पूजा गरी भाईटीका लगाउने र यी पाँच दिन दीपावली गर्ने चलन चल्यो । यसरी यमराजको आफ्ना दूतसहित पृथ्वीमा आगमन हुने र बास बस्ने यी पाँच दिनलाई यम पञ्चक भनिन्छ र झिलिमिली पारेर बत्तीबाली खुशी मनाउने चाड भएकोले यसलाई तिहार (त्योहार) पनि भनिएको हो ।
यमपञ्चकका यी पाँच दिनका पर्वहरूलाई संक्षेपमा यसरी उल्लेख गरौं
१. काग तिहार : कार्तिक कृ्ष्ण त्रयोदशी यम पञ्चकको पहिलो दिन हो । यस दिन यमराजका दूत कागको पूजा हुन्छ । यो वर्ष कार्तिक २१ गते शनिवार यो पर्व मनाउनुपर्छ । यसका लागी अघिल्लो दिन २० गते बेलुका नै कागलाई ‘हे काग भोलि तिम्रो पूजा गर्छु आउनु है !’ भनि निम्ता गर्नुपर्दछ ।
कागलाई यमराजको सन्देशबाहक मानिन्छ । पौराणिक कालमा यमराज पृथ्वीमा आउने सन्देश लिएर सर्वप्रथम काग आउने गरेकोले यमपञ्चकको पहिलो दिन उसको पूजा गर्ने गरिएको हो । कागलाई मृत्युको पहिलो सूचना दिने यमराजको दूत पनि भनिन्छ । भगवान शिव पार्वतीले पनि पंक्षीहरूमा कागलाई मन पराउनु भै आफूहरू कागको रूप धारण गरी कागेश्वर र कागेश्वरीको रूप धारणगरेर रहनु भएको थियो भने भुसुण्डी ऋषिले रामकथा भन्दा कागको वर्णनबाट प्रभावित भई कागको रूप धारण गरी कागभुसुण्डीका नामले प्रख्यात हुनु भएको थियो । चराहरूमा सर्वाधिक चलाख यो पंक्षीले किरा फट्यांग्रा खाई दिएर बालीनाली जोगाउन मद्दत गर्ने भएकोले पनि यसलाई यमपञ्चकको पहिलो दिन पूजा गरेर खानेकुरा दिई सम्मान गर्ने गरिएको हो । काग यमराजको दूत भएकोले मानिस मरेकोमा कृया बस्दा हरेक दिन कागलाई ‘काकोसि यमदूतोसी’ भनि जलदान दिने गरिन्छ ।
त्यस्तै हरेक दिन बिहान घरमा पाकेको परिकार पहिला अग्नी, गाई, अन्नपूर्णादेबी, काग, कुकुर र कमिला आदिलाई दिएर मात्र खाने चलन छ । गरूड पुराणका अनुसार मानिस मरेपछि यमराजको अदालतमा जाँदा बाटामा पापीहरूलाई कागहरूले दुःख दिने भएकोले आफूलाई दुःख नदिउन् भनि कागलाई हरेक दिन खाना खान दिएर खुशी पारेको हो । यस दिन बेलुका यमराजलाई खुशी तुल्याउन दीपदान गर्ने चलन पनि छ । घर घरमा यस दिन देखी लगातार ५ दिनसम्म दीपावली गरिन्छ ।
धनतेरस : कार्तिक कृष्ण त्रयोदशीलाई धनतेरस पनि भन्दछन् । यस दिन भित्राएको धनलाई १३ गुणा बढाउने भएकोले यस दिनलाई धनतेरस भनिएको हो । यो वर्ष कार्तिक २० गते शुक्रवार बेलुका नै त्रयोदशीतिथि हुने भएकोले सेही साँझ यो पर्व मनाउनुपर्छ । यसकालागी नयाँ नयाँ भाँडाकुडा र सामान किनेर घरमा भित्राउने गर्नाले धन सम्पतिमा १३ गुणाले बढोत्तरी हुन्छ भन्ने बिश्वास गरिन्छ । समुद्र मथनबाट आजैका दिन हातमा अमृतको घडा लिएर धन्वन्तरी उत्पन्न भएकोले यस दिनलाई धन्वन्तरी दिवस पनि भन्दछन् । बिशेष गरी यो धनतेरस दिवस विशेष गरी नेपालको तराई मधेश र भारतको अधिकांश क्षेत्रमा मनाउने चलन छ ।
यस दिन (काग तिहार) देखी बेलुका घरको दैलोमा दीपबत्ती बालेर यमराजलाई बाहिरै रोकी घरभित्र रंगगोलीको पैतालाको छाप बनाई लक्ष्मीलाई आह्वान गरिन्छ भने यस दिन समुन्द्रमन्थनबाट आयुर्वेदका प्रणेता भगवान धन्वन्तरी उत्पन्न हुनुभएकोले उहाँको पूजागरी धन्वन्तरि दिवस मनाईन्छ र लक्ष्मीमाताले धन धान्यपूर्ण गराऊन् भन्ने कामना गरी लक्ष्मी र कुवेरको पनि पूजा गर्ने चलन छ ।
आस्वीन कृष्णपक्ष (सोह्र श्राद्ध)मा कुनै कारणबाट श्राद्ध हुन नसकी रोकिएको महालय पार्वण श्राद्ध यस दिनमा गर्नु भन्ने शास्त्रीय कथन रहेको छ । यस दिन घरमा भएका गहना, पैसा र बहुमूल्य नगदी सामानहरू राखेर कुवेरको पूजा गर्नु पर्दछ । कुवेरको पूजा गर्दा ‘यी सुन चाँदी र धन दौलत बढ्दै जाओस्, कहिल्यै सम्पतिको खाँचो नपरोस’ भनि प्रार्थना गर्नुपर्छ ।
लक्ष्मीलाई सधैं घरमै राख्नु पर्ने भएकोले बिसर्जन चाहीं गर्नु हुँदैन ।
२. कुकुर तिहार : कार्तिक कृष्ण चतुर्दशीका दिन यमराजका द्वारपाल मानिएका कुकुरको पूजा गर्ने गरिन्छ । यो वर्ष कार्तिक २२ गते आईतवार यो पर्व मनाउनुपर्छ । यसकालागी अघिल्लो दिन (काग तिहारको दिन) बेलुका यमराजको पूजा र दीप प्रज्वलन गरेर कुकुरलाई ‘हे कुकुर भोलि तिम्रो पूजा गर्छु आउनु है !’ भनि निम्ता दिनु पर्दछ । कुकुरलाई प्राणीहरूमा ईमान्दार, आज्ञाकारी र वफादार प्राणीको रुपमा हेरिन्छ । वैवश्वत कुलमा जन्मिएको कालो र छिरबिरे कुकुरको पूजा गर्नु पर्दछ । यस दिन बिहान स्नानगरी आफ्नो घरको दैनिक पूजादी कर्म सकेर कालो वा छिरबिरे रंगको छाडा (बाँधेर नपालेको) कुकुरलाई पूजा गरी टाउको र गोडामा तेल लगाई दिई मिठा मिठा परिकार बनाएर खान दिई फूल मालासहितले धूप दीपद्वारा आरति समेत गर्नु भन्ने भन्ने शास्त्रीय कथन रहेको छ । गाउँ टोलमा केटाकेटीले गरेका फोहर (नरक) समेत खाएर सफा गरी दिने भएकोले कुकुरलाई नरकको रक्षक समेत मानेर पूजा गर्ने भएकोले यस दिनलाई नरक चतुर्दशी पनि भन्दछन् ।
कुकुरलाई पूजा गर्दा भन्ने मन्त्र
द्वौ श्वानौ श्याम सबलौ वैवश्वत कुलोद्भवौ ।
ताभ्यामन्नं प्रयच्छामि स्यातामेतावहिंसकौ ।।
अर्थात् – कालो र छिरबिरे रंगका वैवस्वत कुलमा जन्मेका हे दुई कुकुरहरु हो, म तिमीहरूलाई अन्न (खानेकुरा) दिन्छु, हिंसा नगर्ने (नटोक्ने) होऊ है ।
सुदुर–पश्चिमका दैलेख र अछाम जिल्लामा यस दिनको बेलुका युवाहरू जम्मा भएर भस्सी जात्राका बेलामा जस्तै गरी भुवा खेल्दछन् । पहिले देवीको पूजा गरेर दुबोको माला र अबिरको टीका लगाएर वीरगाथा र सामाजीक सद्भावको गीत गाएर हतियार प्रदर्शन गर्दै भोस्को खेलेर रातभर रमाईलो गर्दछन् ।
कार्तिक कृष्ण चतुर्दशीलाई नरक चतुर्दशी पनि भन्दछन् । यस दिन बिहान सबेरै उठेर शरीरमा तोरीको तेल लगाएर नदी, खोलामा गई स्नान गरेर पानीमा दतिवनले प्रदक्षिणा गराई टपरीमा बलेको बत्तीलाई राखेर फूलमालाले सजाएर खोलामा नरक बगाउनु पर्छ र घर आएर नित्य पूजादि कर्म सकेर कुकुर पूजा गर्ने र घरका सबैजनाले मासको पात खाएर मात्र खाना खानुपर्दछ । लिंग पुराणका अनुसार यस दिन मासको पात खानाले सबै प्रकारका पाप नास हुनेछ ।
३. गाई तिहार : ययवर्ष कार्तिक २३ गते सोमवार यो पर्व परेको छ । यसकालागी कार्तिक कृष्ण अमावश्याका दिन बिहान यम पञ्चकका अन्य दिनमाझैं सबेरै उठेर स्नान गरी घरको नित्य पूजा सकेर गाईको पूजा गरिन्छ । गाईलाई माता लक्ष्मीको रूप मानिन्छ । गाईलाई पूजा गर्नुको कारण बारे ब्रम्ह बैवर्त पुराणको अध्याय २१ को ९१ औं श्लोकमा यस प्रकार उल्लेख भएको छ ।
लक्ष्मी पूजाको रातभरी भैलीहरूको आगमनले गाउँ टोल मै भैलीको स्वर गुन्जेर रमाईलो हुन्छ । भैलीखेलेर पाएको दक्षिणा, सेलरोटी, फलफूल आदि कुरा आपसमा बाँडेर लिन्छन् र धान, चामल आदि जम्मा गरेर पछि अमलाको फेदमा पकाएर वनभोज खाने गर्दछन् ।
सर्वेदेवा गवामंगे तीर्थानी तत्पदेषु च ।
अर्थात– गाईका सबै अंगहरूमा सम्पूर्ण देवता हुन्छन् र पाउमा तीर्थहरू हुन्छन् ।
त्यस्तै स्वामी करपात्रीका अनुसार –
गोषु भक्तिर्मवेद्यस्य प्रणवे च दृढामतिः ।
पुनर्जन्मनि विश्वासः सर्वे हिन्दू रितिस्मृतः ।।–कल्याण, वर्ष २४ अंक १ ।
अर्थात् – जसको गाईमा भक्ति, ॐकारमा दृढ मान्यता र पुनर्जन्ममा बिश्वास छ , त्यहि नै हिन्दू धर्मावलम्बी हो भनेर बुझ्नु ।
अमावश्या (औंशी )को साँझ लक्ष्मी स्थापना गरी लक्ष्मीको पूजा गर्ने भएकोले यस दिन बिहान लक्ष्मी स्वरूपा गाईको पूजा गरिन्छ । गाईले हामीलाई लगाएको गुणको कदर गर्दै गाईलाई पूजा गर्ने गरिएको हो । यस दिन गाईलाई मन पर्ने नून, जौको पिठो, कुंडो, फलफूल, पुरी, मालपुवा आदि खुवाएर कान वरिपरी, सिंग, जुरो र खुरहरूमा तेल लगाई दिएर गोदावरी र सयपत्री फूलको माला लगाई दिएर पूजा गरी शरिरभरी सेतो, पहेंलो र रातो (चामलको पिठो, अबिर र केशरी) रंगको सयपत्री थुंगे फूलले छाप लगाएर सिंगारेर पूजा अर्चना गर्दछन् भने यस दिन गाई दुहुन र भारी बोकाउन हुँदैन भन्ने धार्मिक मान्यता रहिआएको छ । यस दिन (प्रतिपदा तिथी लागेपछि) घरमा भएका गाईको पूजा गरेर घरका सबै गाई बाच्छाहरुलाई छाडा छाडेर नाच्न खेल्न दिनु भन्ने शास्त्रीय बचन रहेको छ ।
लक्ष्मी पूजा : यस वर्ष कार्तिक २२ गते आईतबार कार्तिक कृष्ण अमावश्याको बेलुकी साँझ लक्ष्मीपूजा पर्व परेको छ । यसकालागी सो दिनको साँझ लक्ष्मीको स्वागत गर्न घरको मूलढोकामा घडा राखी दियोमा बत्तीबालेर उज्यालो पार्नुपर्छ । लक्ष्मीको स्वागत गर्नुपूर्व लक्ष्मीसँगै आउनलागेकी अलक्ष्मीलाई नांग्लो ठटाएर लखेट्नुपर्छ । त्यसपछि कोठामा वा भण्डार कोठामा घडा थापी दियोमा बत्तीबालेर उज्यालो पारि लक्ष्मीजीलाई स्वागत गरी भित्र्याईन्छ । त्यसपछि पूजा कोठामा वा भण्डार कोठामा लक्ष्मी पूजा गर्न चाँदी वा तामाको खट्कुलोमा धान राखेर त्यसमाथी लक्ष्मीको प्रतिमा वा तस्वीर राखी दियो, कलश र गणेश स्थापना गरी कोजाग्रत पूर्णीमाका दिन बत्तिबालेको दियो भएको टपरी ल्याएर त्यसमा हाडे ओखर, कटुस, बिमिरो, भोगटे, केरा, स्याउ, नरिवल, खीर र मिठाई (पेडा वा बर्फी) चढाएर लक्ष्मीलाई त्यहा आसन गराउन ठिक्क पारिन्छ । यस साँझमा लक्ष्मीलाई घर चिनाउन तुलसीको मोठसँगै आकाशदीप बालिएको हुन्छ । त्यसैले लक्ष्मीजी साँझमा तुलसीको मोठमा आउनु हुने हुनाले त्यहाँदेखि घरको मूल ढोकासम्म गोवरले लिपेर दायाँ बायाँ बत्ती बालेर उज्यालो बनाई बीचमा चामलको पिठोले लक्ष्मीको पाईला बनाएर उनको आगमनकालागी तुलसीको मोठ देखी लक्ष्मी पूजा गर्ने स्थानसम्म क्रमैसँग तिलको तेलमा बत्ती बालेर सुगम बनाईएको हुन्छ । बिहानै देखी लक्ष्मीको ब्रत बसेका नारीहरूले बेलुका तुलसीको मोठमा सन्ध्या आरती गरी आकाश दीप बालेर लक्ष्मीलाई बत्ती देखाउंदै लक्ष्मीले बास गर्ने पूजा वा भण्डार (ढुकुटी) कोठामा स्थापना गरिएको प्रतिमामा प्रतिष्ठापन गरी लक्ष्मीजीको आराधना गर्दै पूजा, आरती र भजन गर्ने गर्दछन् ।
लक्ष्मीको पूजा गरिसकेपछि राती घरका केटाकेटीहरूलाई नयाँ कपडा लगाई कोरीबाटी गराउने र आफूहरुले पनि नयाँ कपडा लगाई सजिएर सुगन्धित भई आँगनमा भैलो खेल्न लगाउनु, भैलीलाई नाग्लामा नयाँधान, चामल, सेलरोटी, फलफूल, मालासहित बीचमा दियो बालेर राखी सबैलाई टीका लगाएर दक्षिणा दिई सन्तुष्ट पार्ने र भैलीले पनि विभिन्न आशिष दिने गर्नु पर्दछ ।
लक्ष्मीको पूजा गर्दा त्यहाँ अष्टलक्ष्मी, अष्टसिद्धि, शोडषलक्ष्मी, कुवेर, ईन्द्र, ऐरावत र चन्द्रमाको पूजा गर्ने अनी लक्ष्मीको पूजा गरी उनलाई मनपर्ने खीर, पेडा, नरिवल, लगायतका मिठाईहरू, पान, केरा, जाईफल, ल्वांग, अलैंची, दालचिनी, कपुर, सुपारी आदि चढाईन्छ भने यमराजको प्रतिक बिमिरो, पानीमा नगल्ने हाडे ओखर र कटुस अनी सप्तरंगी टीका र गोदावरी, मखमली र सयपत्रीको फूल र मालाले सजाईन्छ । त्यसपछि आफ्नो गच्छे अनुसारको सुनको प्रतिमा वा गहना र दाम चढाईन्छ । धनधान्यकी देवी माता लक्ष्मीको लागी तिलको तेलमा १६ सुते बत्ती बालेर त्यहीं नजिक ध्वजा, पताका, तोरण, फूलमालाहरू सजाएर सिंगारेर शैय्या बनाई सुकला गर्ने (सुत्ने) ब्यवस्था मिलाई लक्ष्मीलाई मनपर्ने गाईको दूधमा चिनी हालेर बनाएको मिठाई, लड्डुु, पान, मसला, ल्वांग, दालचिनी, जाईफल, अलैंची, कपुर सहित खुवाएर राती सुकला गराउनु र बेलुकै बलेको अगुल्टो देखाएर पितृहरूलाई बाटो देखाउँदै स्वागत गरी भण्डारमा भित्र्याउनु भन्ने शास्त्रोक्ती छ । यस दिन शिवजीका भण्डारे, धनका मालिक कुवेरको पनि पूजा गर्नुपर्छ । साथै लक्ष्मीको पूजा गरिसकेपछि राती घरका केटाकेटीहरूलाई नयाँ कपडा लगाई कोरीबाटी गराउने र आफूहरुले पनि नयाँ कपडा लगाई सजिएर सुगन्धित भई आँगनमा भैलो खेल्न लगाउनु, भैलीलाई नाग्लामा नयाँधान, चामल, सेलरोटी, फलफूल, मालासहित बीचमा दियो बालेर राखी सबैलाई टीका लगाएर दक्षिणा दिई सन्तुष्ट पार्ने र भैलीले पनि विभिन्न आशिष दिने गर्नु पर्दछ ।
आस्वीन कृष्णपक्ष (सोह्र श्राद्ध)मा कुनै कारणबाट श्राद्ध हुन नसकी रोकिएको महालय पार्वण श्राद्ध यस दिनमा गर्नु भन्ने शास्त्रीय कथन रहेको छ । यस दिन घरमा भएका गहना, पैसा र बहुमूल्य नगदी सामानहरू राखेर कुवेरको पूजा गर्नु पर्दछ । कुवेरको पूजा गर्दा ‘यी सुन चाँदी र धन दौलत बढ्दै जाओस्, कहिल्यै सम्पतिको खाँचो नपरोस’ भनि प्रार्थना गर्नुपर्छ ।
लक्ष्मीलाई सधैं घरमै राख्नु पर्ने भएकोले बिसर्जन चाहीं गर्नु हुँदैन ।
भैली (भैलो) खेल्ने पर्व : लक्ष्मीपूजा गरेको साँझ कन्याहरूले गाउँ टोलका घर आगनमा जम्मा भएर भैली खेल्ने गर्दछन् । यो वर्ष कार्तिक २२ गते आईतवार साँझ लक्ष्मीपूजा गरेपछि कन्याहरूले घर–घर गएर भैलो खेल्ने गर्दछन् । यस भैलोमा कन्याहरूले स्वर मिलाएर लक्ष्मीपूजाको साँझको वातावरण र लक्ष्मी आगमनको खुशीयालीका भाकाहरू गाएर रमाईलो गर्दछन् ।
जस्तै – हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको, हे औंशीको दिन गाईतिहार हो भैलो !
दैलोमा बत्ति, घरमा बत्ती, हे सुन हजुर जोर बत्ति पालैमा !
यसरी आँगनमा आएर लक्ष्मीको आगमनको खुशी मनाउँदै उल्लासमय वातावरणको गाथा गाएर लक्ष्मीपूजा सार्थक पारिदिन्छन् । यसरी आएका पहिलो भैलीलाई नाग्लामा नयाँ धान, चामल, सेल रोटीहरू, फलफूल, मिठाई, कपडा र दक्षिणा राखी बीचमा दियोमा बत्ती बालेर ल्याई लक्ष्मीको प्रसाद स्वरूप टीका लगाई दिएर फूलले पूजा गरी त्यो सिदा दिएर बिदा गरिन्छ भने भैलीले पनि सिदा लिएर यस प्रकार आशिर्वाद दिन्छन् –
हे यो घरैमा लक्ष्मीको बास होओस् ! रोग ब्याधी कहिल्यै नी नलागोस् ! भनि त्यहाँबाट बिदा भई अर्को घरमा त्यसैगरी गएर भैली खेल्दछन् भने त्यहा पनि फेरी अर्को टोली भैली आई पुग्छन् । यसरी लक्ष्मी पूजाको रातभरी भैलीहरूको आगमनले गाउँ टोल मै भैलीको स्वर गुन्जेर रमाईलो हुन्छ । भैलीखेलेर पाएको दक्षिणा, सेलरोटी, फलफूल आदि कुरा आपसमा बाँडेर लिन्छन् र धान, चामल आदि जम्मा गरेर पछि अमलाको फेदमा पकाएर वनभोज खाने गर्दछन् । (अमलाको फेदमा खाना पकाएर खानुको महत्व आमलिका एकादशीको महिमामा हेर्नु होला ।) उठेको फलफूल र दक्षिणाले भाई टीकाको दिन दाजु भाईलाई मिठाई मसलाहरु खुवाउनु भन्ने तिंवदन्ति रहेको छ ।
४. गोरू तिहार : यो वर्ष कार्तिक २४ गते यो पर्व मनाउनुपर्छ । यसकालागी धर्मराजको अवतार मानेर कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पूजा गरिसकेर धुप, दीप, नैवेद्य, भेटी, फूलमाला र नून, पिठोसहित गोरुको पूजा गर्नु पर्दछ । वर्ष भरी आफ्नो खेतबारीमा जोतेर खेतिपातीमा सघाएको गुन तिर्न यसदिन गोरुको सिंग, जुरो र खुरमा तोरीको तेल लगाई दिएर नून, पिठो र कुंडो खान दिई गोरुको पूजा गरी नैवेद्य दिई गोदावरी र सयपत्रीको फूलको माला लगाई दिई शरीरमा सयपत्री फूलले रातो, सेतो र पहेंलो (अबिर, केशरी र चामलको पिठो भिजाएर) को छाप लगाएर रंगी चंगी पारी सिंगारि दिने चलन छ । यसदिन गोरूलाई मिठा मिठा घांस खान दिएर आराम गर्न दिनुपर्छ, खेतबारीमा जोत्नु हुदैन ।
गोवर्धन पूजा : गोरूतिहारकै दिन अर्थात् यो वर्ष कार्तिक २४ गते यो पर्व मनाउनुपर्छ । यसकालागी कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वतको पूजा गर्ने चलन छ । यस दिन बिहान सबेरै उठेर नित्य पूजादि कर्म सकेर गाईका गोठमा वा तुलसीको मोठमा गोबरको गोवर्धन पर्वत बनाई सुवर्ण प्रतिमा राखी दीयो, कलश र गणेश स्थापना गरी गोवर्धन पर्वतको पूजा गर्ने गरिन्छ । द्वापर युगमा श्रीकृष्णले इन्द्रको घमण्ड तोड्न ईन्द्नको सट्टा गोबर्धन पर्वतको पूजा गर्न ब्रज बासीहरूलाई भड्काएको भनि ईन्द्र रिसाएर ब्रजबासीका गाई चोरेर लगे । बेलुकी घर फर्कने बेलामा आफ्ना गाई नभेटिएपछि सबै ब्रजवासीहरू चिन्तित भई सबैले श्रीकृष्णलाई गुहारे । श्रीकृष्णले सबैका गाई इन्द्रले चोरेर लगेको थाहा पाएर आफना मायाँले हराएका जस्तै गाईहरू बनाई दिए । त्यसबाट झन् रिसाएर इन्द्रले ब्रजमा घनघोर वर्षा गराई दिए । यसबाट ब्रजबासीलाई जोगाउन श्रीकृष्णले गोवर्धन पर्वतलाई एक औंलाले उचालेर सबैलाई त्यसमुनि आश्रय दिई जोगाए । ७ दिनसम्म यसरी घनघोर वर्षा गराउँदा एक औंलाले गोवर्धन पर्वत उचालेर सारा ब्रजबासीलाई जोगाउने कृष्ण साक्षात् भगवान विष्णुका अवतार भएको थाहा पाएर इन्द्रले श्रीकृष्णसँग माफी मागे र ऐरावत हात्ती र आकाश गंगासहितले श्रीकृष्णको स्तुतिगान गरी बिदा भए । यस कार्यमा नकुल र सहदेवले मद्दत गरेकाले यस बेलादेखी पृथ्वीवासीहरूले कार्तिक शुक्ल प्रतिपदाका दिन बिहान सबैले गाईको गोठमा वा तुलसीको मोठमा गोबरको गोबर्धन पर्वत बनाई नकुल, सहदेव र श्रीकृष्णको पूजा गर्न थाले । यसरी गोवर्धन पर्वतको पूजा गर्दा गाई, गोरू, पशु, पंक्षीहरू समेतलाई नयाँ अन्न चढाउन अन्नको थुप्रो लगाउनु जसबाट आफ्नो र परिवारको रक्षा भई छोरा छोरीसहित सबैलाई शुख शान्ति मिल्दछ भनिन्छ ।
म्हः पूजा (आत्म पूजा) : नेवारी समुदायमा प्रचलीत यो पर्व शारिरीक शुद्धतासँग सम्वन्धित छ । यो वर्ष यो पर्व कार्तिक २४ गते मंगलवार परेको छ । यसकालागी कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा वा गोरू तिहार) का दिन बेलुकी आफ्नो शरीरको आफैंले पूजा गरी शुद्ध पार्ने गर्दछन् । यस पूजाले आत्मा नै ईश्वरको रूप हो र त्यो आत्मा बस्ने घर नै यो शरीर हो भन्ने कुरा दर्शाउँछ ।’ शरीर माध्यम खलुधर्म साधनम’ भन्ने आयुर्वेदिक सिद्धान्तलाई यसले पुष्टि गर्दछ । अर्थात् जुनसुकै काम वा धर्म कर्म गर्न पनि शरीर नै माध्यम भएकोले यो शरीर स्वस्थ हुनु जरूरी भएकोले शरीर मार्फत आत्माको पूजा गरेको मानिन्छ । यसरी म्हः पूजा गरेपछि मादल, मुजुरा, बांसुरी आदि बाजा बजाउंदै द्यौसिरे (देउ शिरै) खेल्ने चलन छ । यसैदिनबाट भक्तपुरका तत्कालीन राजा राघवदेवका पालामा (वि.सं. ९३६मा) ठिमी निवासी शंखधर शाख्वा नामका व्यापारीले जनतालाई ऋणमुक्तगरी नेपाल संवत नामको सम्वत चलाएका थिए । त्यसैले यस दिनलाई नेपाल सम्वत पर्व भनेर मनाउने चलन रहेको छ । यो वर्षवाट ने.सं. ११४७को शुरूवात हुन्छ ।
शास्त्रअनुसार देउशिरे खेलेर उठेको पैसाले भाई टीकाको दिन दिदी बहिनीलाई दक्षिणा दिनु भनिएको छ । आजभोली यस्तो देउशिरे र भैली खेलेको रकमले सामाजिक काम गर्ने पनि गरेका छन् भने कतिपय स्कूलहरूले बालबालिकालाई देउसी, भैलो खेलाउने भनि तिहार पछि पनि घर घरमा नचाएर पैसा कमाउने काम गरी निश्चित दिनको साँझमा मनाउने यस्तो संस्कृतिमा विकृति पनि शुरु गरेका छन् ।
द्यौ शिरे (देउ शिरै) पर्व : कार्तिक शुक्लप्रतिपदा (गोवर्धन पूजा, गोरु तिहार र म्हः पूजा) को बेलुकी साँझमा पुरूषहरूले घर घरमा गएर द्यौशिरे खेल्ने चलन रहिआएको छ । यो पर्व यसपाली कार्तिक २४ गते परेको छ । त्यसमा ‘हामी त्यसै आएनौ, बली राजाले पठाएको’ भन्दै बिभिन्न प्रशस्ति गाउँदै घरघरमा नाचगान गर्दै भट्याउँने गर्दछन् । यसरी प्रत्येक घरमा आफ्ना आँगनमा आएका द्यौशिरे समुहलाई अघिल्लो दिन भैलीलाई दिए सरह नांग्लोमा धान, चामल, सेलरोटी, फलफूल, मिठाई, भेटी आदि राखी बीचमा दीयोमा बत्ती बालेर स्वागत गर्ने चलन छ । यसमा एक जनाले भट्याउने (बोल्ने) र अरुले द्यौशिरे भन्ने गर्दछन् ।
अघि त्रेतायुगमा भगवान विष्णुले इन्द्रका आग्रहमा धेरै दान गरेर पुण्य कमाएका आफ्ना भक्त दानवराज बलीसँग बामन रूपको अवतार लिई तिन पाउ जमीन मागेर छल गरी बिशाल शरीर र पाईला बनाई २ पाउले स्वर्ग र पृथ्वी ढाकेकोले तेस्रो पाउ राख्ने ठाउँ नभएकोले तेस्रो पाउ कहाँ राख्ने भनि प्रल्हादलाई बन्दी बनाउँदा सबै जनताले उनलाई बामनको तेस्रो पाउ राख्न ‘देउ शिरै’ भनि शिर समर्पण गर्ने सल्लाह दिएका थिए । सबैले आफ्नो संकल्प पुरा गर्न तेस्रो पाउका लागी आफ्नो शिर नै दिन गरेको आह्वान अनुसार बलीले आफ्नो शिर समर्पण गरे र बामनरूपी विष्णुले आफ्नो बिशाल पाईलाले उनको शिर थिचेर बलीलाई पाताल भासि दिएका थिए । यसैको सम्झनामा त्यतिबेला देखी सबैले कार्तिक शुक्ल प्रतिपदाको हेलुका सबैका घर घरमा गएर राजा बलीले आफ्नो बचन पुरा गरी शिरै समर्पण गरेको कुरा बताउदै जनताको आह्वान सुनाएर ‘देउ शिरै’ भन्ने गरेका हुन् । पछि कालान्तरमा गएर यो शब्द तद्भव भएर देउ शिरै बाट ‘द्यौशिरे’ हुन गयो । यसमा एक जनाले भट्याएपछि सबै जनाले देउ शिरे भन्ने गर्दछन् । आज भोली त बाजागाजासहित नाचगान गर्दै विभिन्न किसिमका गीत गाएर नाच्दै रात भर देउशिरे खेल्ने पनि गर्न थालेका छन् । शास्त्रअनुसार यसरी देउशिरे खेलेर उठेको पैसाले भाई टीकाको दिन दिदी बहिनीलाई दक्षिणा दिनु भनिएको छ । आजभोली यस्तो देउशिरे र भैली खेलेको रकमले सामाजिक काम गर्ने पनि गरेका छन् भने कतिपय स्कूलहरूले बालबालिकालाई देउसी, भैलो खेलाउने भनि तिहार पछि पनि घर घरमा नचाएर पैसा कमाउने काम गरी निश्चित दिनको साँझमा मनाउने यस्तो संस्कृतिमा विकृति पनि शुरु गरेका छन् ।
दिदी बहिनीले पालै पालो दाजु भाईलाई लक्ष्मी पूजा गरेको ठाउँको सप्तरंगी टीका र दही अक्षताको टीका लगाएर टोपी लगाई दिई गोदावरी, मखमली र सयपत्री फूलको माला लगाई दिई यमराज, यमुना र बिमिरोको पनि पूजा गरी ओखर ,कटुस, सहितको मसला, मिठाई, फलफूल, दही, केरा, सगुन र बस्त्रादि र भैली खेलेर आर्जेको अन्न र दक्षिणाबाट बनाईएको, खरिद गरेको वा आफ्नो गच्छे अनुसारको बस्तु दिनु पर्छ । दाजुभाईले पनि दिदी बहिनीलाई पूजा गरी सप्तरंगी टीका र दही अक्षताको टीका लगाएर गोदावरी, मखमली र सयपत्री फूलको माला लगाएर देउ शिरे खेलेर कमाएको दक्षिणा, अन्न, वस्त्र र द्रब्यबाट खरिद गरेको वा आफ्नो गच्छे अनुसार फलफूल मिठाई वस्त्र र दक्षिणा दिएर यो टीका कार्यक्रम समापन गर्ने चलन छ ।
५. भाई टीका पर्व – यम पञ्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितियाका दिनलाई भाईटीका भनिन्छ । यो पर्व यस वर्ष कार्तिक २५ गते बुधवार परेको छ । तिहारको अन्तिम र मुख्य दिन मानिने यस दिन बिहान सबेरै सदाझैं वदि, कुवा, ईनार वा जलाशयमा स्नान गरी आफ्नो नित्यपूजादि कर्म सकेर लक्ष्मीपूजा गरेको स्थानमा दीयो, कलश र गणेशको पूजा गरी लक्ष्मीको विधिपूर्वक पूजा अर्चना गरी लक्ष्मीलाई यस सिमित पूजास्थलबाट ब्यापक भई मेरा घर चोटा र ढुकुटीमा संधै बास गरिदिनु होला भनि ठाउँसारी गरी पूजा समापन गरिन्छ । आह्वान गरीएका अन्य देवताहरूलाई चाहीं फेरी पनि बोलाएका बखत आउने गरी आ–आफ्ना स्थानमा जानु होस् भनि बिदा गरेर पूजास्थल बिसर्जन गर्नुपर्छ ।
त्यसपछि दिदी बहिनीले दाजु भाईलाई तेल लगाई दिने र पान, सुपारी दिएर टीका लगाउँने स्थानकालागी निमन्त्रणा गर्दछन् । त्यसपछि टीका लगाउन जुरेको शुभ लग्नमा (साईतमा) घरको पिंढी, कोठा वा कौशीमा लक्ष्मी पुजा गरेको खट्कुलो बोकेर ल्याई अगाडी राखेर पूर्व फर्की आसनमा बसी बत्ति बालेर आचमन गरी दीयो, कलश र गणेशको पूजा गरी तामाको थालीमा अष्टदल लेखी अष्ट चिरञ्जीविहरू–मार्कण्डेय, बली, ब्यास, हनुमान, विभिषण, अस्वत्थामा, कृपाचार्य र परशुरामको नामलिई तिनीहरुको पूजा गर्नु । त्यसपछि करूवामा तोरीको तेल हाली टुटोमा दुबो राखेर ढोकाबाट शुरुगरी सो करुवाको तेलले दाजु भाईलाई ३ पटक धारा लगाई पूजा नसकुन्जेल कोही पनि त्यस घेरा बाहिर भित्र नगर्नु भनि ढोकाको दैलोमा राखेर यम पन्चकभरी पूजा गरेको हाडे ओखर खलको बच्चाले फोर्नु । अनी दिदी बहिनीले पालै पालो दाजु भाईलाई लक्ष्मी पूजा गरेको ठाउँको सप्तरंगी टीका र दही अक्षताको टीका लगाएर टोपी लगाई दिई गोदावरी, मखमली र सयपत्री फूलको माला लगाई दिई यमराज, यमुना र बिमिरोको पनि पूजा गरी ओखर ,कटुस, सहितको मसला, मिठाई, फलफूल, दही, केरा, सगुन र बस्त्रादि र भैली खेलेर आर्जेको अन्न र दक्षिणाबाट बनाईएको, खरिद गरेको वा आफ्नो गच्छे अनुसारको बस्तु दिनु पर्छ । दाजुभाईले पनि दिदी बहिनीलाई पूजा गरी सप्तरंगी टीका र दही अक्षताको टीका लगाएर गोदावरी, मखमली र सयपत्री फूलको माला लगाएर देउ शिरे खेलेर कमाएको दक्षिणा, अन्न, वस्त्र र द्रब्यबाट खरिद गरेको वा आफ्नो गच्छे अनुसार फलफूल मिठाई वस्त्र र दक्षिणा दिएर यो टीका कार्यक्रम समापन गर्ने चलन छ ।
तिहारका यी पाँच दिनमा हुने पाँच किसिमका जीवको पूजालाई बिचार गरेर हेर्दा मानव सभ्यताको पाँच चरणलाई जनाउँछ ।
– काग तिहारले एकातिर मानव सभ्यताको शुरुवातको अवस्थालाई संकेत गर्दछ भने अर्कोतिर कागले किरा फट्यांग्रा, सडेगलेका चिज खाएर वातावरण सफा गरिदिएको गुणको कदर गरेको देखिन्छ ।
– कुकुर तिहारले मानव सभ्यताको शिकारी अवस्थाको संकेत गर्दछ भने कुकुरले चोर र अपरिचित ब्यक्तिबाट घरको रक्षा गरेको गुणको कदर स्वरुप पुजा गरेको देखिन्छ ।
– गाई तिहारले गाईले दूध दिएर पौष्टिकता, गोबर गहुँतबाट शुद्धता प्रदान गरी बल र मलद्वारा मानवको रक्षा र कृषिको उर्वरता बढाएको गुणको कदर स्वरुप पूजा गरेको देखिन्छ ।
– गोरू तिहारले कृषि युगको संकेत गर्दै खेतिपातिको लागि खनजोत गर्ने र मल दिएर उब्जनी बढाउन मद्दत गरेको गुणको कदर गरी पूजा गरेको देखिन्छ ।
– म्हः पुजाले मानिसको स्वस्थ शरीर र निरोगिताको संकेत गर्दछ । ‘शरिर माध्यम खलुधर्म साधनम् ।’ को सिद्धान्त अनुसार शरीर स्वस्थ भएमात्र सबैकाम गर्न सकिन्छ भनि शारिरिक शुद्धता र स्वस्थताकालागी म्हः पूजा (आफ्नो शरिरको पूजा) गरेको देखिन्छ ।
भाईटीकाले दाजुभाई र दिदीबहिनी बीचको नाता सम्बन्धको संकेत गर्दै यो नाता संधै अक्षुष्ण रहोस् भनी कदर गरेको देखिन्छ ।
पञ्चकमा गर्ननहुने कामहरू
धनिष्ठाद्र्धोत्तरं पन्च ऋक्षेष्वेषु त्यजेत् वुधः । याम्यादि गमनं शय्या पूरणं गेहगोपनम् ।। स्तम्भोच्छ्रायं प्रेतदाहं तृणकाष्ठादि संग्रहम् । भवेत् पन्चगुणं चात्र जातं लव्धं मृतं मतम् ।।
अर्थात – पञ्चकको शुरूवात धनिष्ठाको उत्तरार्धबाट हुन्छ । धनिष्ठा, शतभिषा, पूर्वभाद्रापद, उत्तरभाद्रापद र रेवती गरी पाँच नक्षत्रहरूलाई पञ्चक भनिन्छ । यी ५ नक्षत्रहरूमा दक्षिण तिरको भ्रमण, शैय्या निर्माण गर्न, घरको छाना हाल्न वा बनाउँन, मूल थाम वा खम्बा ठड्याउँन, घर बनाउने साईत गर्न, दाह संस्कार गर्न, काठ वा दाउरा संकलन गर्नु हुँदैन । यस्तो गर्दा दोष लाग्ने भएकोले चाहिने भन्दा ५ गुणा बढी गर्नुपर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?