यदी घटस्थापनाका दिनमा चित्रा (धन नाशक) नक्षत्र र वैघृति (पुत्रनाशक) योग परेमा त्यसको दोष निवारणकालागी दिनको तेस्रो भाग (१.३० बजे) पछि घटस्थापना गर्नु वा तिनको शान्ति गरेर मात्र प्रातःकालमा घटस्थापना गर्नु भन्ने देवी पुराण, मत्स्यपुराण र कात्यायन वचन आदि शास्त्रहरूमा उल्लेख भएको पाईन्छ । त्यसैले चित्रा र वैघृतिको दोष शान्ति गरेर प्रातःकालमा नै घटस्थापना गर्नु उचित हुन आउँछ ।
आश्विन शुक्ल प्रतिपदा देखी दशमीसम्मको अवधीलाई दशैं भन्दछन् । प्रतिपदा (घटस्थापना) देखी नवमीसम्म माता दुर्गाको पूजा गरिने भएकोले यी नौ रातलाई नवरात्री भन्दछन् । दशौं दिनको दिन दुर्गा पूजाको बिसर्जन गरी प्रसाद लगाउने भएकोले यस दिनलाई बिजया दशमी र दश दिने यस पर्वलाई दशैं भनिएको हो ।
हिन्दू धर्मावलम्बीहरूको सबै भन्दा ठूलो पर्व यही दशैं वा नवरात्र हो । असत्यमाथी सत्यको विजय भएको सम्झनामा मनाईने यो चाड घटस्थापना (प्रतिपदाका दिन) देखी विजया दशमीका दिनसम्म गरेको दुर्गा भवानीको पूजाको समाप्ति पश्चात् प्रसाद स्वरूप आफ्ना मान्यजनहरूले दिने टीका, जमरा र आशिर्वाद नै यस पर्वको महत्व हो ।
घटस्थापना देखी नवमीसम्मका नौ रातमा गरिने कार्य भएकोले यस पर्वलाई नवरात्र भनिएको हो । हुन त बर्वमा यस्ता नवरात्र ४ वटा हुन्छन्, तथापी आश्विनको यस नवरात्र मात्र प्रख्यात छ । वर्षका ४ वटा नवरात्रहरू यस प्रकार छन् – माघ कृष्ण पक्षको नवरात्र, चैत्र शुक्ल पक्षको नवरात्र, आषाढ शुक्ल पक्षको नवरात्र र आश्वीन शुक्लपक्षको नवरात्र । आज भोली माघ कृष्ण र आषाढ शुक्लपक्षका नवरात्रहरू प्रचलनमा छैनन् भने चैत्र शुक्ल पक्षको नवरात्र पनि केवल चैत्राष्टमी र रामनवमी पर्वमा सिमित हुन पुगेको छ । देवी भागवतले पनि यी २ नवरात्रका बारेमा यस प्रकार उल्लेख गरेको छ –
आश्वीने च तथा चैत्रे शुक्ले पक्षे नराधिपः ।
नवरात्रोपवासो वै कर्तव्यः शुभमिच्छता ।।
नवरात्रका नौ दिनहरु मध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रोदिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पांचौंदिन स्कन्दमाता, छैटौंदिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौंदिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ दिनहरूमध्ये पहिलो दिन घटस्थापना गर्ने, सातौंदिन फूलपाती भित्राउने, आठौंदिन बलि दिने, नवौंदिन कल कारखाना, हतियार, औजार, सवारी साधन, आदिको पूजा गर्ने र नव दुर्गा स्वरूप नौ जना कन्या पूजा गर्ने पनि गरिन्छ ।
अर्थात – आश्वीन शुक्लपक्ष र चैत्र शुक्लपक्षको नवरात्र महत्वपूर्ण भएकोले शुभ चाहनेले यतिबेला दुर्गा भवानीको पूजा आराधना गरी उपवास बस्नुपर्छ ।
आश्वीन शुक्ल प्रतिपदाका दिन बिहान सबेरै ब्रम्ह मुहुर्तमा उठी नदी, कुवा, ईनार वा जलाशयमा गई स्नान गरी बालुवा ल्याएर शुभ साईतमा शास्त्रोक्त विधि अनुसार घट (घडा) मा गाईको गोबरको घेरा लगाई त्यसमा जौ गाडेर घटस्थापना गरी, टपरी वा केराको पातमा जमरा राखेर नवरात्र पूजाको थालनी हुन्छ । प्रतिपदा देखी नवमीसम्म प्रत्येक दिन दुर्गाका एक एक रूप र नामबाट पूजा गर्ने गरिन्छ । दुर्गा भवानीको नौ नाम र रूपको दुर्गा सप्तसति (चण्डी) मा यस प्रकार उल्लेख भएको छ–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी ।
तृतीयं चन्द्रघण्टेती कूष्माण्डेति चतुर्थकम् ।।
पन्चमं स्कन्दमातेति षष्ठंकात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिता ।
उक्तान्नेतानि नामानि ब्रम्हणैव महात्मना ।।
अर्थात – नवरात्रका नौ दिनहरु मध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रोदिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पांचौंदिन स्कन्दमाता, छैटौंदिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौंदिन सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ दिनहरूमध्ये पहिलो दिन घटस्थापना गर्ने, सातौंदिन फूलपाती भित्राउने, आठौंदिन बलि दिने, नवौंदिन कल कारखाना, हतियार, औजार, सवारी साधन, आदिको पूजा गर्ने र नव दुर्गा स्वरूप नौ जना कन्या पूजा गर्ने पनि गरिन्छ भने अन्यदिनहरुमा दैनिक नवदुर्गाको पूजा गर्ने, नजिकका शक्तिपिठहरूको दर्शन गर्ने, चण्डीपाठ गर्ने, पूजा गर्ने र परिक्रमा गर्ने चलन छ । यसरी नौ दिन सम्म नवदुर्गा भवानीको पूजा गरेर दशमीका दिन बिसर्जन गरिन्छ । यसरी मूल नक्षत्रमा स्थापना गरिएको नव दुर्गाको बिजया दशमीका दिन श्रवण नक्षत्रमा बिसर्जन गर्नु भनि दुर्गा सप्तशतिमा यस प्रकार उल्लेख भएको छ –
“मूलेन स्थापितो देवी श्रवणेन बिसर्जनम् ।”
यस प्रकार प्रतिपदाका दिन स्थापना गरिएको दियो, कलश र खड्गसहित घडा र जमरा एवं अष्टमीका दिन स्थापीत नवदुर्गाको बिसर्जन दशमीका दिन श्रवण नक्षत्रमा गरिन्छ । देवी भागवतका अनुसार दुर्गाको महिमा गान गरिएका ७०० श्लोक भएको ग्रन्थ भएकोले दुर्गा सप्तशति भनिएको हो । यसमा अर्गला, कीलक, कवच, प्राधानिक रहस्य, मूर्ति रहस्य र वैकृत रहस्य गरी ६ अंगहरू रहेका छन् । विशेषगरी कीलक, अर्गला र कवचलाई त्रीदेवको रूप भनेर वृहज्ज्योतिषार्णव ग्रन्थको अष्टम स्कन्दमा यसरी उल्लेख भएको छ –
कीलक शंकरस्प्रोक्तं कवचं ब्रह्मणा कृतम् ।
अर्गलं विष्णुनाप्रोक्तं मेतत्रिजय मुत्तमम् ।।
अर्थात – कीलक शंकरको रूप, अर्गला विष्णुको रूप र कवच ब्रम्हाको रूप हो । नवरात्र पूजाको बिसर्जन पश्चात् घटस्थापना गरेको घडाको जल अभिशेष गरेर नवदुर्गापूजामा चढाएको तोरण र फूल प्रसाद, दही, अक्षता र अबिर मिसाएर बनाएको रातो टिका र दश दिनसम्म हुर्केको पहेंलो जमरा घरको मान्यजनबाट ग्रहण गरी आशिर्वाद लिने गरिन्छ । यस्तो टीका, प्रसाद र आशिर्वाद थाप्न सबैजना आफ्ना मान्यजन कहाँ पुग्दछन् । नेपालको गण्डकी नदी पूर्वमा चतुर्दशीसम्म र गण्डकी नदी पश्चिममा दशमीका दिन मात्र यस्तो टीका थाप्ने चलन छ । त्रेतायुगमा अयोध्याका राजा दशरथका जेठा छोरा राम पत्नी सीता र भाई लक्ष्मण सहित १४ वर्ष वनबासको क्रममा वनमा रहँदा लंकाका राजा रावणद्वारा सीताको हरण भयो । यसरी हरण गरिएकी सीतालाई छुटाउने क्रममा रावणलाई गल्ती स्वीकार गरी सीतालाई स–सम्मान फिर्ता गर्न चेतावनी दिंदा नटेरेका कारण युद्ध गर्नु परेकोले रामद्वारा हिन्दमहासागरको तटमा घटस्थापना गरी आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म नवदूर्गा भवानीको पूजा गरी दशमीका दिन बिसर्जन गरेर टीका प्रसाद लगाएर लंकाका लागी प्रस्थान गरेका थिए । यसरी घटस्थापना गरी नव दुर्गाको पूजा गरेर लंका प्रस्थान गरी लंका पुगेर रावणसँग युद्ध गरी चैत्रशुक्ल चतुर्दशीका दिन (६ महिना ४ दिन पछि) रावणको वध गरी सीतालाई फिर्ताल्याउन सफल भएको कुरा देवी भागवतमा उल्लेख छ । यसैलाई निरन्तरता दिंदै त्यसबेला देखी हरेक हिन्दूहरूले आश्विन शुक्ल प्रतिपदाका दिनमा घरघरमा घटस्थापना गरी दशमीका दिन बिसर्जन गरेर टीका प्रसाद ग्रहण गरी दशैं मनाउने चलन चलेको हो । दशैंका दश दिनका कार्यलाई यस प्रकार उल्लेख गरिन्छ ।
इति शब्द प्रयोग गर्नाले पशु नाश हुन्छ । श्री शब्द उच्चारण गर्नाले लक्ष्मीको नाश हुन पुग्दछ। बध शब्द उच्चारण गर्नाले मृत्यु वरण हुन सक्दछ । अध्याय शब्द उच्चारण गर्नाले सधैं भरी रोगी हुन पुग्दछ । देवी भागवतका अनुसार सकेसम्म दैनिक १०८ हवन र कन्यापूजा गर्नुपर्छ । यस दिनकी अधिष्ठात्री देवी शैलपुत्री हुन् ।
घटस्थापना – नवरात्र वा दशैंको शुरुवात घटस्थापनाका दिनबाट हुन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन बिहान सबेरै उठेर ब्रह्म मुहुर्तमा नजिकैको नदी वा खोलामा गई त्यहाँ स्नान गरी किनारबाट चोखो बालुवा लिई घरमा आएर पूजाकोठा वा नवदुर्गा स्थापना गर्ने स्थानमा गाईका गोबरले लिपपोत गरी शुभ साईतमा घटस्थापना गर्नकालागी यी सामग्रीहरू तयार गरी राख्ने– कर्मपात्र, पाद्य (पाउ धुने जलदानी), अर्घ, आचमनीय, पञ्चामृत, शुद्ध जल र पूजा सामग्री तयार गरी आग्नेय कोणमा – दीप स्थापना गर्ने, पूर्व दिशामा – गणेश स्थापना गर्ने, ईशान कोणमा – कलश स्थापना गर्ने, बीचमा – नवदुर्गा स्थापना गर्ने, ईशान कोण नजिकमा – जमरा राख्ने, उत्तर दिशामा – शस्त्र राख्ने, पश्चिम दिशामा – आफू (कर्ता) बस्ने । त्यसपछि घटस्थापन कार्य
प्रारम्भ गर्ने – तामाको कलश वा माटोको नया घैंटोलाई धोई पखाली गरी गाईको गोबरले त्यसको मुख, पिंध र पेटमा डिल बनाई जौ गाडेर ईशान तर्फ टपरीमा धान राखेर त्यसमाथी सो कलश (घडा) राखेर घटस्थापना गरिन्छ । आग्नेय तर्फ चामल राखेको बोहोतोमाथी तेल हालेको दीयोमा नौ सुते बत्ति राख्ने । दुबैको बीचमा पूर्व तर्फ चामल राखेको बोहोतामा गणेश (सुपारी) स्थापना गरी खड्ग समेत स्थापना गर्ने । अनि दीयो ,कलश र गणेशको विधिपूर्वक पूजा गरी खड्गको पनि पूजा गर्ने । त्यसपछि त्यही अगाडी ठूलो टपरी वा केराको पातमा बालुवा फिंजाएर त्यसमा जौ छरेर जमरा राख्ने र ५ वटा दुनामा पनि बालुवा हाली जौ छरेर जमरा राखी दायाँ बायाँ राख्नु पर्छ । यसरी जमरा राखि सकेपछि थालिमा चन्दन र केशरीले षटकोण बनाई त्यसको वरिपरी अष्टदल बनाएर त्यसमा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ भनि नवाक्षर मन्त्र लेखी महालक्ष्मी, महाकाली र महासरस्वती स्वरुपा श्री दुर्गा भवानीको विधिपूर्वक स्थापना गरी प्राण प्रतिष्ठा गरेर षोडशोपचारले पूजा गरी दशैं दिशाका दिक्पालहरूको पूजा गरी नवार्ण मन्त्र – ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै बिच्चे’ १०८ पटक जपेर नवै दिन दुर्गासप्तशती (चण्डी) पाठ गर्नुपर्छ । दुर्गासप्तशती चण्डी पाठगर्दा निम्न विषयहरूमा ध्यान दिनुपर्ने हुन्छ ।
इति शब्दः पशून् हन्ति श्रीशब्दः श्रीविनश्यति ।
बधेन बधमाप्नोति अध्यायो व्याधिदायकः ।।
इति शब्द प्रयोग गर्नाले पशु नाश हुन्छ । श्री शब्द उच्चारण गर्नाले लक्ष्मीको नाश हुन पुग्दछ। बध शब्द उच्चारण गर्नाले मृत्यु वरण हुन सक्दछ । अध्याय शब्द उच्चारण गर्नाले सधैं भरी रोगी हुन पुग्दछ । देवी भागवतका अनुसार सकेसम्म दैनिक १०८ हवन र कन्यापूजा गर्नुपर्छ । यस दिनकी अधिष्ठात्री देवी शैलपुत्री हुन् । हिमशैल पर्वतराजकी पुत्री भएकीले उनलाई शैलपुत्री भनिएको हो । यीनको पूजा गरी घ्यू चढाएर आराधना गर्नाले शौभाग्य, घनधान्यपूर्ण र आरोग्य प्राप्त भई मोक्ष हुने र सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ भने यस दिन २ वर्षकी कन्यालाई कुमारी देवीको रूपमा पूजा गर्नु भन्ने आस्त्रोक्ति छ । बेलुका साँझमा स्थापित सबैलाई जल चढाएर आरती गर्नुपर्दछ ।
यदी घटस्थापनाका दिनमा चित्रा (धन नाशक) नक्षत्र र वैघृति (पुत्रनाशक) योग परेमा त्यसको दोष निवारणकालागी दिनको तेस्रो भाग (१.३० बजे) पछि घटस्थापना गर्नु वा तिनको शान्ति गरेर मात्र प्रातःकालमा घटस्थापना गर्नु भन्ने देवी पुराण, मत्स्यपुराण र कात्यायन वचन आदि शास्त्रहरूमा उल्लेख भएको पाईन्छ । त्यसैले चित्रा र वैघृतिको दोष शान्ति गरेर प्रातःकालमा नै घटस्थापना गर्नु उचित हुन आउँछ । तसर्थ चित्रा र वैघृतिको दोष शान्तिकालागी पूजास्थलमा गाईका गोबरले लिपपोत गरेर ईशानकोणमा जलपूर्ण कलश स्थापना गरी त्यस कलशमा पन्चपल्लव हाल्ने र सो कलशलाई काँचो धागोले बेरी त्यसमाथी एउटा तामाको थाली राखेर त्यसमाथी २ वटा सुनको प्रतिमा वा २ वटा द्रव्यलाई सुनमा घोटेर राखी एउटालाई चित्रानक्षत्रका अधिपति त्वष्टा विश्वकर्मा मानेर ॐ विश्वकर्मणे नमः ! भनि र अर्कोलाई वैघृतयोगका अधिपति अदिती मानेर ॐ अदितये नमः ! भनि चित्रा, त्वष्टा, वैघृति, अदिति र मृत्युन्जयको समेत पूजा गरी चित्रा र वैघृतिको शान्तिकालागि सकेमा एउटा गोदान गर्ने र नसकेमा नवदुर्गा भवानीलाई नमस्कार गरी चित्रा नक्षत्र र वैघृतियोगको दोष नलागोस् भनि प्रार्थना गरेर त्यसपछि विधिपूर्वक घटस्थापना गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?