बाढी प्रभावित क्षेत्र अवलोकन गर्न नेकपा संयोजक दाहाल स्याफ्रुबेँसीमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षति पुगेको स्याफ्रुबेँसी नजिकै प्रभावित क्षेत्रमा पुगी स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।
बाढीले पुर्याएको क्षति, स्थानीय बासिन्दाको अवस्था र पुनरुत्थानको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन दाहाल स्याफ्रुबेँसी पुगेका हुन् । अवलोकनका क्रममा उनले बाढीबाट प्रभावित भएका नागरिकहरूसँग भेटघाट गरी उनीहरूको समस्या र गुनासा सुनेका थिए ।
यसअघि संयोजक दाहालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा वाईसिएल नेपालद्वारा भोटेकोशी–त्रिशुली बाढी प्रभावित परिवारका लागि निर्माण गरिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?