काठमाडौं । सोमबार निधन भएका जनता टेलिभिजनका अध्यक्ष एवम् वामपन्थी नेता डा.विजय पौडेलको आज अन्तयेष्टि हुने गरिने भएको छ ।
अष्ट्रेलियामा रहेका छोरा रवि पौडेल नेपाल आएपछि पौडेलको अन्त्येष्टि गरिने भएको हो । दिवंगत डा. पौडेलको शवको पहिले पोष्टमार्टम गरिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो ३ बजेपछि अन्त्येष्टि गरिने तयारी छ ।
स्व. पौडेलको परिवारमा बुबा वामपन्थी नेता एवं प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रित, आमा कविता पौडेल, पत्नी रम्भा, छोरा रवि, छोरीहरु निष्ठा र कावेरी छन् ।
स्व. पौडेलको शव कीर्तिपुरस्थित बर्न अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?