डा.विजय पौडेलको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त, चन्द्रागिरिस्थित निवासमै पुगेर दिए समवेदना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता टेलिभिजनका अध्यक्ष, पूर्वसांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले नेता विष्णु पौडेलसँगै डा. पौडेलको चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले दिवंगत पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारका सदस्यहरूलाई भेटेर दुःखको यस घडीमा सहानुभूति प्रकट गरेका छन् । ओलीसँगै सहभागी नेता विष्णु पौडेलले पनि शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।
अर्थशास्त्रीका रूपमा समेत परिचित डा. विजय पौडेलले राजनीतिक तथा सञ्चार क्षेत्रसँग आबद्ध रहेर काम गरेका थिए । जनता टेलिभिजनको अध्यक्षका रूपमा सञ्चार क्षेत्रमा सक्रिय डा. पौडेल नेकपा संयुक्तका नेताका रूपमा राजनीतिक गतिविधिमा संलग्न थिए ।
डा. पौडेलको (हिजो) सोमबार निधन भएको थियो । डा. पौडेलका बुवा, आमा, श्रीमति, एक छोरा र दुई छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?