काठमाडौं । सीएमसी प्रेस डट कम आजबाट शुभारम्भ भएको छ । लामो समयदेखी पत्रकारिता क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुबाट संचालित सीएमसी प्रेस डटकमले पाठकहरुमाझ देश र दुनियाँको जानकारी मुलक खबर प्रशारण गर्न तथा समाजको सामु लुकाइएका इतिहास, सस्कृति तथा समाजमा हुने गरेका विकृति, विसंगतीको विरुद्धमा जनआवाज उठान गर्न वैधानिक रुपमा आजबाट हामी तपाईहरु माझ आएका छौं । यो शुभारम्भसँगै यस कार्यमा तपाई पाठकहरुको ठूलो साथ, सहयोग र समर्थन हुन्छ भन्ने अपेक्षाका साथ नयाँ अभियानको थालनी गरेका छौं ।
यस कार्यलाई अगाडी बढाउन सीएमसी प्रेसको सम्पादकमा रवीन्द्र रिजाललाई चयन गरिएको छ । उहाँ यसअघि आर्ष नेपाल अनलाईन पोर्टल र तपाई हाम्रो साप्ताहिक पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरिसक्नु भएको छ ।
लामो समयदेखि इतिहास, संस्कृति क्षेत्रमा अध्ययन अनुसन्धान गरि आफ्नो जीवन विताई रहनुभएका रिजाल www.cmcpress.com मा आवद्ध हुनुभएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का रवीन्द्र रिजाल त्रिभुवन विश्व विद्यालयबाट इतिहास विषयमा पिएचडी गरिरहनु भएको छ । रिजाल नेपाल इतिहास संघको निर्वतमान केन्द्रीय सदस्य हुन् भने इतिहास अनुसन्धानात्मक अध्ययन समाजका वर्तमान अध्यक्ष समेत हुन ।
वागमती प्रदेशको काभ्रे पलाञ्चोक जिल्ला पनौती, भक्तपुर जिल्ला सूर्यविनायक, गण्डकी प्रदेश लमजुङ जिल्लाको राइनास, इलामको सूर्योदय, मकवानपुरको थाहालगायतका विभिन्न पालिकामा इतिहास र संस्कृतिको खोजी गरी सत्यतथ्य र वास्तविकता बाहिर ल्याउन अध्ययन गरिरहनु भएको छ ।
चन्द्रागिरि मिडिया सेन्टरद्वारा संचालित www.cmcpress.com को अध्यक्षमा विनोद लामिछाने, प्रवन्ध निर्देशकमा दिनेश परियार र संचालकमा ज्ञानेन्द्र महत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?