ठूलो परिणाममा पटाकाजन्य विस्फोटक पदार्थ बरामद, दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले चितवनका विभिन्न स्थानबाट ठूलो परिमाणमा पटाकाजन्य विस्फोटक पदार्थ बरामद गरेको छ । करिब ६ लाख २३ हजार मूल्यका ८० हजार ३ सय ७२ वटा पटाकासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थानका २९ वर्षीय कन्हैया कुमार रहेका छन् । कुमार भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले उनीहरूको साथबाट पटाकासहित एक लाख ७२ हजार ३०० नगदसमेत बरामद गरिएको जनाएको छन् ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थको ओसारपसार तथा सञ्चयसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?