काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित बाणभञ्ज्याङमा छुरा प्रहार हुँदा दुई जना घाइते भएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भाईकृष्ण तामाङले जानकारी दिएअनुसार दाजुले आफ्नै भाई र श्रीमतीलाई छुरी प्रहार गरी घाइते भएको जानकारी दिनुभयो । उहाँले घरायसी विवादका कारण यो घटना घटेको हुन सक्ने बताउनु भयो ।
प्रहरी प्रभाग कार्यालय नागढुंगाले छुरा प्रहारबाट घाइते दुई जनालाई उपचारको लागि मेडिसिटी अस्प्ताल लगिएको र छुरा प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटलाई बुझाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?