काठमाडौं । जनता टेलिभिजनका संचालक डा. विजय पौडेलको निधन भएको छ ।
पौडेलको कीर्तिपुर अस्पतालमा निधन भएको बताइएको छ । कीर्तिपुर अस्पतालका अनुसार पौडेललाई अस्पताल पुर्याउँदै गर्दा उनको निधन भएको हो ।
पूर्वसांसद एवं नेकपा संयुक्तका नेता समेत रहेका नेता डा. पौडेल एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव कुमार नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय रहेका थिए ।
डा. पौडेल हाल चन्द्रागिरि नगरपालिका वडा नंं ७ मा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?