केपी ओलीद्वारा भोटेकोशी बाढीपीडितलाई अस्थायी घरको साँचो हस्तान्तरण, जिफन्टले बनायो १८ घर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडित परिवारका लागि निर्माण गरिएका अस्थायी घरको साँचो हस्तान्तरण गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र भोलेन्टर फोर्सको पहलमा नुवाकोटको पिपलटारमा पहिलो चरणमा १८ वटा अस्थायी घर निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार विपदमा परेका परिवारलाई सुरक्षित छानो उपलब्ध गराउने उद्देश्यले अस्थायी आवास निर्माण गरिएको हो । ‘विपदमा परेका परिवारलाई सुरक्षित छानो, दुःखमा साथ, संकटमा हात’ भन्ने नारासहित जिफन्ट र भोलेन्टर फोर्सले आवास निर्माण अभियान अघि बढाएका हुन् ।
अध्यक्ष श्रेष्ठले विपद्का कारण घरबार गुमाएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्न अभियान सञ्चालन गरिएको बताए । पहिलो चरणमा १८ वटा अस्थायी घर निर्माण गरिएको उल्लेख गर्दै उनले पीडित परिवारलाई राहत र सहयोग पु¥याउने उद्देश्यले अभियानलाई अघि बढाइएको जानकारी दिए ।
अध्यक्ष ओलीबाट घरको साँचो हस्तान्तरणसँगै निर्माण गरिएका अस्थायी आवास पीडित परिवारको प्रयोगमा आउने भएका छन् । विपद्का कारण आवास गुमाएका परिवारलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले तत्कालीन आवास समस्यामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?