काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?