प्रधानमन्त्री भएपछि बालेन शाह पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिनुभयो ।
उहाँले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढङ्गको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा बताउनुभयो ।
आफ्नो संगठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?