खगेन्द्र सुनारमाथि रास्वपाद्वारा छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सार्वजनिक भएका समाचार, श्रव्य सामग्री तथा आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ ।
रास्वपाले सुनारसँग सम्बन्धित विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएको छ । रास्वापले सञ्चारमाध्यममा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पु¥याउने कार्य, अनुचित दवाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई पार्टीले गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ । पार्टीले सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिएको छ ।
रास्वपाले महिलामाथि हुने दुव्र्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा आफ्नो शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ । त्यस्तै, राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यस प्रक्रियामा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । कानुन र पार्टी विधानअनुसार अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा थप कदम चालिने उल्लेख गर्दै रास्वपाले कानुन उल्लंघन वा पदीय आचरणविपरीतका कार्यमा संलग्न जो कोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?