काठमाडौं । ‘स्वस्थ आँखा, उज्ज्वल भविष्य’ भन्ने नारासहित काठमाडौंको चन्द्रागिरिमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
नेपाल इसाई समाज, चन्द्रागिरिको आयोजना तथा पश्चिम भेगीय मण्डली एकता समाज र क्रु नेपालको साझेदारीमा शालोम चन्द्रागिरि मण्डलीमा कात्तिक ११ र १२ गते दुई दिनसम्म निःशुल्क आँखा शिविर सञ्चालन भएको आयोजकले जनाएको छ ।
शिविरमा आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूले निःशुल्क आँखा परीक्षण गराउन सक्नेछन् । आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई सहज रूपमा आँखा परीक्षणको सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको क्रु नेपालका को–अर्डिनेटर नारायण गोपालीले जानकारी दिएका छन् । गोपालीका अनुसार दुई दिन चल्ने शिविरमा कम्तीमा २ सय ५० जनाको आँखाको परीक्षण गरिने छ ।
शिविरमा निःशुल्क चस्माको व्यवस्था गरिएको छ भने थप उपचार गर्नुपर्ने विरामीलाई अस्पताल रेफर गरिने पनि आयोजकले जनाएको छ । आँखामा समस्या भएका तथा नियमित आँखा परीक्षण नगराएका व्यक्तिहरूलाई शिविरमा सहभागी भई सेवा लिन आयोजकले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?