घाटमा लर्कै लाश छन् । कसैको चितामा आगो बलिरहेको छ, कसैको शरीर अझै दाउराको थुप्रोमुनि छ, कसैको आफन्त अन्तिमपटक अनुहार हेरेर भक्कानिँदै छ । चारैतिर पुत्पुत धुवाँ उडिरहेको छ ।
आज पहिलोपटक कुसको लाश सहित पशुपति आर्यघाटमा छु । घाटमा लर्कै लाश छन् । कसैको चितामा आगो बलिरहेको छ, कसैको शरीर अझै दाउराको थुप्रोमुनि छ, कसैको आफन्त अन्तिमपटक अनुहार हेरेर भक्कानिँदै छ । चारैतिर पुत्पुत धुवाँ उडिरहेको छ । धुवाँ आकाशतिर जान्छ, तर यहाँ बसेका मानिसका आँखाबाट निस्किएको आँसु कतै जाँदैन । गालामै अड्किन्छ । मुटुमै जम्छ, म भने लाश लिएर आएको होइन, म त लाश नपाएर कुसको लाश बोकेर मलामी बनेर आएको हुँ, भोटेकोशीको क्षणिक भेलले मेरा आफन्तलाई कहाँ लगेर छोड्यो–थाहा छैन । नदीले मान्छे लग्यो कि भाग्यले, प्रकृतिले लग्यो कि नियतिले–उत्तर कसैसँग छैन । घरको आँगनमा एउटा शरीर छैन, तर एउटा परिवारको संसार भने त्यही दिनदेखि खाली भएको छ, कहिलेकाहीँ लाश भेटिनु पनि भाग्य हुँदो रहेछ, कम्तीमा एउटा शरीर त हुन्छ–छुनलाई, हेर्नलाई, अन्तिमपटक निधारमा हात राख्नलाई, आँखाले स्वीकार्नलाई—‘हो, अब ऊ रहेन ।’ तर हराएको मान्छेको मृत्यु कहाँ स्वीकार्नु ? नदीले बगाएको मान्छेको खबर नदीसँगै बग्छ, घरमा प्रतीक्षा बाँकी रहन्छ, आज त्यही प्रतीक्षाको मलामी भएर म आर्यघाटमा छु ।
मेरो आँखाअगाडि एउटा २१ वर्षे युवकको अनुहार घुमिरहेको छ । इन्जिनियर बन्ने सपना बोकेको त्यो छोरा े। त्रिशूली–३ मा हाइड्रो इन्जिनियरको इन्टर्नसीप गर्न घरबाट हिँडेको । आमाबुबाले बाटो लाग्नुअघि दही खुवाएका थिए । आशीर्वाद दिएका थिए । “छिट्टै फर्कनू है बाबु” भनेका थिए । त्यो दिन कसलाई थाहा थियो–घरबाट हिँडेको छोरो बाटोबाटै इतिहासको एउटा निर्मम पानामा हराउनेछ भनेर ? उसको झोलामा किताब थियो होला, कापी थियो होला, इन्जिनियर बन्ने सपना थियो होला, आमाको आशिर्वाद थियो होला, बुबाको भरोसा थियो होला तर आज उसको घरमा उसको झोला होला, कपडा होला, किताब होला–मान्छे छैन, त्यसैले आज कुसको लास मलामी बोकेर घाटमा आइपुग्दा मेरो मनले आफैँलाई सोध्यो– मान्छे हराउनु र मृत्यु हुनुमा के फरक रहेछ ? मृत्युले अन्तिम सत्य दिन्छ, हराइले प्रश्न मात्रै दिन्छ, आर्यघाटमा आगो बलिरहेको छ । एउटा चिताबाट धुवाँ निस्किरहेको छ । अर्कोतिर अर्को चिता तयार हुँदैछ । मान्छेहरू आउँछन्, रुन्छन्, आगो लगाउँछन् र फर्किन्छन् । घाट भने उस्तै रहन्छ, सायद यही घाटले हजारौं आमाका आँसु देखेको छ, हजारौं बाबुका काँपेका हात देखेको छ, हजारौं छोराछोरीका अन्तिम चिच्याहट सुनेको छ, तर घाट कहिल्यै थाक्दैन, घाटको एउटा कुनामा एउटा मानिस असिनपसिन भएर लास पोलिरहेको छ । घाटे ।
कति पैसा चाहियो ? कति सम्पत्ति चाहियो ? कति पद चाहिया ? कति नाम चाहियो ? अन्तिममा एउटा शरीरका लागि केही दाउरा र एक मुठी आगो नै काफी रहेछ तर त्यो सत्य हामीलाई जीवित छँदा किन सम्झना आउँदैन ? घाटेले सायद यो सत्य हामीभन्दा पहिले बुझेको हुन्छ, उसको जीवन दर्शन किताबमा लेखिएको छैन, उसको विश्वविद्यालय यही घाट हो, उसका प्राध्यापकहरू यी चिताहरू हुन्, उसको पाठ्यपुस्तक मृत्यु हो, उसले हरेक दिन मान्छेलाई खरानी भएको देख्छ र साँझ घर फर्कन्छ सायद घरमा छोराछोरीले सोध्छन्– ‘बुबा, आज कति काम गर्नुभयो ?’ ऊ के भन्छ होला ? ‘आज तीन जना जलाएँ ।’ त्यसमा एउटा मान्छेको मृत्यु छ, एउटा परिवारको रुवाइ छ, एउटी आमाको संसार छ, एउटा बाबुको सहारा छ, एउटी श्रीमतीको भविष्य छ, एउटा बच्चाको टुहुरोपन छ तर उसको लागि त्यो दिनको काम पनि हो, कस्तो कठोर विडम्बना !
कसैले डोम भन्छ, कसैले शवदाहक, कसैले दाहकर्मी, तर उसको आफ्नै घरमा ऊ के हो ? ऊ पनि कसैको छोरा होला, कसैको श्रीमान् होला, कसैको बुबा होला, उसका पनि सपना होलान् तर उसको भाग्यमा अरूको अन्तिम यात्रा कुरेर बस्नु लेखिएको छ, हामी मृत्युको अगाडि पुगेर रोकिन्छौँ । ऊ मृत्युको छेउमै बसेर जीवन चलाउँछ, हामीलाई लास छोएपछि हात काँप्छ, उसले दिनभरि लास उठाउँछ, हामीलाई धुवाँले आँखा पोल्छ, उसले धुवाँमै जिन्दगी बिताउँछ, हामी एउटा चिता देखेर विचलित हुन्छौँ, उसले एउटै दिनमा धेरै चिता देख्छ, उसको हातमा दाउरा हुन्छ, आगो हुन्छ, बाँस हुन्छ, निधारमा पसिना हुन्छ, शरीरमा धुवाँको गन्ध हुन्छ तर सायद मनभित्र त्यसभन्दा गहिरो कुनै मौनता हुन्छ । कति वर्षको लास उसले जलायो होला ? दुई दिनको नवजात शिशु, दुई वर्षको बालक, बीस वर्षको जवान, पचास वर्षको बुबा, असी वर्षकी आमा, कसैको मृत्यु उमेर पुगेपछि आउँछ, कसैको मृत्यु उमेर पुग्नुअघि नै ढोका फोरेर आउँछ, घाटेले उमेर सोधेर आगो लगाउँदैन, उसको अगाडि राजा र रैती हुँदैन, धनी र गरिब हुँदैन, ठूलो र सानो हुँदैन,पद र प्रतिष्ठा हुँदैन । आखिरमा सबैको शरीर उही आगोमा जान्छ, जीवनभरि हामीले बनाएका पर्खालहरू–जातका, वर्गका, पैसाका, पदका, शक्तिका–चिताको आगोले एकैछिनमा खरानी बनाइदिन्छ त्यसैले कहिलेकाहीँ लाग्छ–जीवनभरि हामीले केका लागि यति धेरै दौडियौँ ?
कति पैसा चाहियो ? कति सम्पत्ति चाहियो ? कति पद चाहिया ? कति नाम चाहियो ? अन्तिममा एउटा शरीरका लागि केही दाउरा र एक मुठी आगो नै काफी रहेछ तर त्यो सत्य हामीलाई जीवित छँदा किन सम्झना आउँदैन ?
घाटेले सायद यो सत्य हामीभन्दा पहिले बुझेको हुन्छ, उसको जीवन दर्शन किताबमा लेखिएको छैन, उसको विश्वविद्यालय यही घाट हो, उसका प्राध्यापकहरू यी चिताहरू हुन्, उसको पाठ्यपुस्तक मृत्यु हो, उसले हरेक दिन मान्छेलाई खरानी भएको देख्छ र साँझ घर फर्कन्छ सायद घरमा छोराछोरीले सोध्छन्– ‘बुबा, आज कति काम गर्नुभयो ?’ ऊ के भन्छ होला ? ‘आज तीन जना जलाएँ ।’ त्यसमा एउटा मान्छेको मृत्यु छ, एउटा परिवारको रुवाइ छ, एउटी आमाको संसार छ, एउटा बाबुको सहारा छ, एउटी श्रीमतीको भविष्य छ, एउटा बच्चाको टुहुरोपन छ तर उसको लागि त्यो दिनको काम पनि हो, कस्तो कठोर विडम्बना ! अरूको मृत्यु नै कसैको रोजगारी बनेको छ, म उसलाई हेर्छु, ऊ दाउरा मिलाउँछ, शरीरलाई घोँचेर आगोको ठाउँ मिलाउँछ, पसिना पुच्छ, फेरि काममा लाग्छ, उसको अनुहारमा कुनै अभिनय छैन, न आँसु, न आश्चर्य, न डर सायद धेरै मृत्यु देखेपछि आँसु पनि थाक्दो रहेछ तर के साँच्चै उसको मन थाक्दैन होला ? राति घर फर्किएपछि कुनै अपरिचित जवानको अनुहार सम्झिँदैन होला ? कुनै बालकको चितामा आगो लगाउँदा आफ्नो छोराको अनुहार आउँदैन होला ?
कुसको लास ! कति असह्य शब्द हो यो, मान्छेको सट्टा कुस, आमाको काखमा फर्किनुपर्ने छोरा कुसको पुत्लो भएर घाटमा पुग्छ, बुबाले काँध दिनुपर्ने छोरालाई बाँसले होइन, कल्पनाले बोक्छ, चितामा राख्ने शरीर छैन, आगो लगाउने निधार छैन, अन्तिमपटक छुन पाउने हात छैन, केवल सम्झना छ र प्रतीक्षा । नदीको किनारमा हराएको मान्छेको परिवारलाई मृत्यु पनि पूरा मृत्यु हुँदैन रहेछ।
कुनै वृद्ध आमाको शव जलाउँदा आफ्नी आमाको सम्झना आउँदैन होला ? मलाई लाग्छ–आउँछ, मान्छे जति कठोर देखिए पनि भित्र कतै न कतै नरम माटो बाँकी रहन्छ तर पेटले भावुक हुन दिँदैन, भोकले आँसु सुकाउँछ, घरमा चुलो बाल्नुपर्छ, छोराछोरी पढाउनुपर्छ, बिरामी श्रीमतीको औषधि किन्नुपर्छ, बुढा आमाबुबाको हातमा केही पैसा राख्नुपर्छ, त्यसैले ऊ फेरि घाटमा आउँछ, अरूको अन्तिम यात्रा सजाउन, कहिलेकाहीँ सोचिन्छ–मान्छेको जिन्दगी कति अचम्मको छ ! कसैको घरमा जन्मिएको बच्चा ठूलो भएर डाक्टर बन्छ, कसैको इञ्जिनियर बन्छ, कसैको शिक्षक, कसैको मन्त्री, कसैको व्यापारी र कसैको भाग्यले उसलाई घाटमा ल्याएर बसाउँछ तर मृत्यु आएपछि सबैको ठेगाना एउटै हुन्छ, आज म यही घाटमा बसेर जीवनको सबैभन्दा ठूलो पाठ पढ्दैछु, मेरो अगाडि आगो छ, आगोभित्र शरीर छ, शरीरभित्र कुनै समय सपना थियो, कुनै समय त्यो शरीर हाँस्थ्यो, कुनै समय दौडिन्थ्यो, कसैलाई माया गथ्र्यो, कसैलाई “आमा” भन्थ्यो, कसैलाई “बुबा” भन्थ्यो, कसैको हात समाउँथ्यो, आज त्यही शरीर दाउरामाथि छ, जीवनको अन्तिम ठेगाना यति सानो रहेछ ।
म फेरि त्यो २१ वर्षे इञ्जिनियर छोरालाई सम्झन्छु, उसकी आमाले दही खुवाउँदा कति ठूलो सपना देखेकी होलिन्, “मेरो छोरो इञ्जिनियर बन्छ ।” बुबाले कसैलाई गर्वका साथ भनेका होलान्– ‘छोरो हाइड्रो इन्जिनियर पढ्दैछ ।’ कुनै बहिनीले दाइसँग झगडा गरेकी होली, कुनै साथीले फोन गरेको होला, कुनै प्रेमले उसको प्रतीक्षा गरेको होला, आज सबै कुरा रोकिएको छ तर सबैभन्दा पीडादायी कुरा के छ भने–उसको परिवारसँग शोक मनाउनसमेत एउटा शरीर छैन त्यसैले कुसको शरीर बनाएर मलामी जानुपरेको छ ।
कुसको लास ! कति असह्य शब्द हो यो, मान्छेको सट्टा कुस, आमाको काखमा फर्किनुपर्ने छोरा कुसको पुत्लो भएर घाटमा पुग्छ, बुबाले काँध दिनुपर्ने छोरालाई बाँसले होइन, कल्पनाले बोक्छ, चितामा राख्ने शरीर छैन, आगो लगाउने निधार छैन, अन्तिमपटक छुन पाउने हात छैन, केवल सम्झना छ र प्रतीक्षा । नदीको किनारमा हराएको मान्छेको परिवारलाई मृत्यु पनि पूरा मृत्यु हुँदैन रहेछ। घाटमा बसेर मैले आज एउटा कुरा बुझेँ–लाश जलिसकेपछि धुवाँ सकिन्छ, खरानी बाँकी रहन्छ तर मान्छे हराएपछि धुवाँ पनि हुँदैन, खरानी पनि हुँदैन–केवल प्रश्न बाँकी रहन्छ । “कहाँ गयो ?” “कहाँ होला ? कतै बाँचिरहेको त छैन ? “कसैले देखेको त छैन ?” “कहिले भेटिएला ?” यही प्रश्नले परिवारलाई वर्षौँ जलाइरहन्छ, आर्यघाटमा चिता बलिरहेको छ, घाटे पसिनाले भिजेको छ ।
अन्तिममा घाटले सबैलाई एउटै भाषामा बोलाउँछ—“अब केही पनि तिम्रो होइन ।” न घर, न धन, न पद, न प्रतिष्ठा । केवल केही मानिसको सम्झना र केही आँसु । आज म आर्यघाटबाट फर्कंदै गर्दा आफ्नो हातमा केही बोकेर फर्कनेछैनँ तर मनमा एउटा भारी बोकेर फर्कनेछु– कुसको लाशको भारीभन्दा ठूलो, हराएको २१ वर्षे छोराको अधुरो सपनाको भारी, धुवाँ अझै आकाशमा उडिरहेको छ, चिताहरू अझै बलिरहेका छन्, घाटे अझै असिनपसिन भएर अर्को चिताको दाउरा मिलाउँदैछ, कुनै परिवार रुँदैछ, कुनै परिवार फर्किँदैछ, कुनै परिवार भोलि आउँदैछ र कतै, भोटेकोसीको किनारमा, एउटा आमा अझै बाटो हेरिरहेकी होली—“मेरो छोरो आउँछ कि ?” मसँग त्यसको उत्तर छैन, घाटसँग पनि छैन, नदीसँग पनि छैन, समयसँग पनि छैन । केवल मनले चुपचाप भन्छ लास भेटियो भने कम्तिमा आँसु बगाएर विदा गर्न पाइन्छ, लाश नभेटिएको मान्छे भने परिवारको सम्झनामा हरेक दिन मरिरहन्छ र परिवार पनि हरेक दिन उसलाई पर्खेर बाँचिरहन्छ ।
म भने कुसको लासको छेउमा उभिएको छु, धुवाँ मेरो आँखामा पस्छ, म आँखा मिच्छु तर यो धुवाँले मात्र आँखा पोलिएको होइन, सायद मेरो आँखाभित्र पहिल्यैदेखि आगो थियो । आज त्यो आगोले मलाई एउटा प्रश्न सोधिरहेको छ– मान्छेले जीवनभरि जीवन जोगाउन यति धेरै संघर्ष गर्छ, तर अन्तिममा जीवनलाई आगो लगाउने मान्छेले नै घर चलाउनुपर्ने समाज कस्तो समाज हो ? म घाटेलाई फेरि हेर्छु, ऊ काम गरिरहेको छ, उसका हात रोकिएका छैनन् ।
सायद उसलाई थाहा छ–उसको हात रोकियो भने अर्को घरको अन्तिम संस्कार रोकिन्छ, ऊ मृत्युको सेवकजस्तो देखिन्छ, तर वास्तवमा जीवितहरूको दुःख बोकिरहेको हुन्छ । उसले अरूका मृत शरीर जलाउँछ, आफ्नो परिवारको जीवन धान्न, कस्तो कठोर कर्म ! कस्तो विडम्बनापूर्ण रोजगारी ! कस्तो अनौठो जीवन ! सायद उसले पनि कहिल्यै सोचेको होला– “म पनि अर्को जुनीमा घाटमा होइन, कुनै हरियो खेतमा जन्मिन पाए हुन्थ्यो ।” तर जुनी कसले रोज्छ ? जन्म कसले रोज्छ ? मृत्यु कसले रोज्छ ? बेपत्ता हुने बाटो कसले रोज्छ ? हामी त केवल बीचको केही समयलाई “जीवन” भनेर बोलाउँछौँ । त्यही केही समयभित्र प्रेम गर्छौँ, घमण्ड गर्छौँ, रिसाउँछौँ, सम्पत्ति जोड्छौँ, अरूलाई दुखाउँछौँ, आफूलाई ठूलो ठान्छौँ ।
अन्तिममा घाटले सबैलाई एउटै भाषामा बोलाउँछ—“अब केही पनि तिम्रो होइन ।” न घर, न धन, न पद, न प्रतिष्ठा । केवल केही मानिसको सम्झना र केही आँसु । आज म आर्यघाटबाट फर्कंदै गर्दा आफ्नो हातमा केही बोकेर फर्कनेछैनँ तर मनमा एउटा भारी बोकेर फर्कनेछु– कुसको लाशको भारीभन्दा ठूलो, हराएको २१ वर्षे छोराको अधुरो सपनाको भारी, धुवाँ अझै आकाशमा उडिरहेको छ, चिताहरू अझै बलिरहेका छन्, घाटे अझै असिनपसिन भएर अर्को चिताको दाउरा मिलाउँदैछ, कुनै परिवार रुँदैछ, कुनै परिवार फर्किँदैछ, कुनै परिवार भोलि आउँदैछ र कतै, भोटेकोसीको किनारमा, एउटा आमा अझै बाटो हेरिरहेकी होली—“मेरो छोरो आउँछ कि ?” मसँग त्यसको उत्तर छैन, घाटसँग पनि छैन, नदीसँग पनि छैन, समयसँग पनि छैन । केवल मनले चुपचाप भन्छ लास भेटियो भने कम्तिमा आँसु बगाएर विदा गर्न पाइन्छ, लाश नभेटिएको मान्छे भने परिवारको सम्झनामा हरेक दिन मरिरहन्छ र परिवार पनि हरेक दिन उसलाई पर्खेर बाँचिरहन्छ । आर्यघाटको धुवाँ बिस्तारै पातलिँदैछ तर केही धुवाँ यस्ता हुन्छन्, जुन आकाशमा होइन–मान्छेको छातीभित्र बलिरहन्छन् । आज त्यही धुवाँ लिएर म घाटबाट फर्किएको छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?