काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४ सय ३६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २ सय २३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ गरी एक हजार ४ सय ३४ शव फेला परेका हुन् ।
फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २ सय ९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २ सय ८६ र आफन्तका एक हजार ९ सय ९७ गरी कुल तीन हजार २ सय ८३ वटा डिएनए नमूना संकलन गरिएको छ । पहिचान नभएको एक हजार ३ सय ६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६ सय ५५ जनाको खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?