रमा आलेमगर बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त, सपथ आजै
काठमाडौं । बागमती प्रदेश सभा सदस्य रमा आलेमगर बागमती प्रदेशको कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएको छ ।
चन्द्रागिर–३ माटिखेलकी आलेमगर काठमाडौं निर्वाचन क्षेत्र नं. १० (ख) बाट दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
नवनियुक्त मन्त्री आलेमगरको आजै पद तथा गोपनीयताको शपथ हुने सचिवालयले जानकारी दिएको छ । उहाँले यसअघि शालिकराम जमरकट्टेलको नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीको रूपमा काम गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?