काठमाडौं । भक्तपुर नगरपालिका–९ मा रहेको ऐतिहासिक गरुड कुण्ड संरक्षण र व्यवस्थापनसँगै पर्यटकीय आकर्षणका रूपमा विकास भइरहेको छ ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको गरुड कुण्डलाई भक्तपुर नगरपालिकाले संरक्षण गर्दै यसको मौलिकता जोगाउने र व्यवस्थित बनाउने कामलाई निरन्तरता दिएको छ । नगरपालिकाले वडा नं. ९ का विभिन्न सम्पदासँगै गरुड कुण्डलाई पनि प्रमुख पर्यटकीय स्थलका रूपमा समेटेको छ ।
भक्तपुरका पुराना सम्पदा संरक्षण, पुनःनिर्माण र पर्यटन प्रवद्र्धनलाई नगरपालिकाले प्राथमिकता दिँदै आएको छ । स्थानीय सम्पदाको संरक्षणसँगै तिनलाई पर्यटकीय गतिविधिसँग जोडेर नगरको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?