काठमाडौं । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन् । बिहान कैदीबन्दीको नियमित गणना गर्ने क्रममा उनीहरू कारागारमा नरहेको पाइएपछि घटना सार्वजनिक भएको हो ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बिहान करिब ६ बजे कैदीबन्दीको संख्या जाँच गर्दा ८ जना अनुपस्थित देखिएको खोजी गर्दा उनीहरू सुरुङ खनेर कारागारबाट बाहिरिएको भेटिएको जानकारी दिनुभयो ।
घटनाबारे थप तथ्य पत्ता लगाउन अहिले कारागार परिसरमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज अध्ययन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी हमाल ढकालले घटनाको विस्तृत अध्ययन र अनुसन्धानपछि फरार कैदीहरूको पहिचान तथा भाग्ने घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो ।
कारागारबाट एकैपटक ८ जना कैदी फरार भएपछि घटनालाई गम्भीर रूपमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?