काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सडक पार गर्ने लागेकी ६३ वर्षीया लीलादेवी खत्रीलाई इपाबाट भीमफेदी हुँदै हेटौँडा जान लागेको बा२ख ९४३० नम्बरको बसले ठक्कर दिएको हो ।
बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?