काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री वितरण गरेको छ । विपद्को समयमा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले एसोसिएसनले राहत सामग्रीसहितको अभियान सञ्चालन गरेको हो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै राहत सामग्री वितरण गरेको जनाएको छ । विपद्का कारण दैनिक जीवन प्रभावित भएका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पुर्याइएको हो । एसोसिएसनले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।

बाढीका कारण प्रभावित परिवारहरूलाई आवश्यक सामग्रीको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै राहत वितरण गरिएको हो । यस्तो सहयोगले विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नाडाले “साथ, सहयोग र समर्पण—विपद्को यस घडीमा हामी एकसाथ” भन्ने सन्देशसहित राहत अभियान अघि बढाएको छ । निजी क्षेत्र तथा व्यावसायिक संघ–संस्थाहरूले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायलाई सहयोग गर्नुपर्ने सन्देशसमेत यस अभियानले दिएको छ ।
विपद् प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग आवश्यक भइरहेका बेला नाडाको यो पहलले प्रभावित समुदायलाई प्रत्यक्ष राहत पर्याउने उद्देश्य राखेको छ । आगामी दिनमा पनि आवश्यकता र अवस्थाअनुसार सहयोगका कार्यक्रमलाई निरन्तरता दिने नाडा अटोमोवाइल्स एसोसिएसनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?