काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित (Rhododendron International Higher Secondery Boarding School (RIBS) का संस्थापक धनबहादुर (डीबी) गुरुङको निधन भएको छ । ८६ वर्षीय गुरुङको आज विहान निधन भएको उहाँको परिवारले जानकारी दिएका छन् ।
पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित गुरुङको उपचार तथा स्वास्थ्य अवस्थाका कारण केही समयदेखि सक्रियता सीमित हुँदै आएको थियो । शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका उनी रिब्स मा.वि.को स्थापना, सञ्चालन र शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा परिचित थिए ।
विद्यालय स्थापनादेखि नै नेतृत्वदायी भूमिकामा रहेका गुरुङले शिक्षणसँगै सामाजिक क्षेत्रमा समेत योगदान पु¥याएका थिए । गुरुङ शिक्षा क्षेत्रमा मात्र सीमित थिएनन् । उनी कृषि वैज्ञानिकका रूपमा समेत परिचित थिए । कृषि विषयमा अध्ययन, अनुसन्धान र अनुभवका आधारमा उनले लेखन कार्यसमेत गर्दै आएका थिए ।
गुरुङको (भोलि) बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?