काठमाडौं । बागमती प्रदेशका नवनियुक्त कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आलेमगरको शपथ ग्रहण भोलि (शुक्रबार) हुने भएको छ ।
आज ४ बजेका लागि तय गरिएको शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यव्यवस्थताका कारण भोलिका लागि सारिएको हो ।
चन्द्रागिर–३ माटिखेलकी आलेमगर काठमाडौं निर्वाचन क्षेत्र नं. १० (ख) बाट दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले यसअघि शालिकराम जमरकट्टेलको नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीको रूपमा काम गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?