काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित पाथीभरा वैष्णवीदेवी मन्दिरमा दर्शन गर्न आउने भक्तजनको चहलपहल बढेको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरसम्म पुग्न नसक्ने भक्तजनले गुण्डुमै रहेको पाथीभरा वैष्णवीदेवीको मन्दिरमा पुगेर दर्शन गर्ने गर्दछन् ।
मन्दिर आसपासको प्राकृतिक वातावरण र धार्मिक महत्वले गुण्डु क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले सूर्यविनायक–७ मा रहेको यो मन्दिर पछिल्लो समय धार्मिक गन्तव्यका रूपमा समेत परिचित हुँदै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?